२०५३ तिरको कुरा हो । म डेडीथुम्का मा.वि.मा कक्षा १० मा पढ्थें । उमेरले टिनएज भएपनि त्यस कक्षाको राम्रो पढ्ने विद्यार्थी भित्रै पर्दथें । त्यतिबेला माओवादी शसस्त्र द्वन्द्वको समय थियो । म आपूm सानै भएपनि धेरै सुनेको नाम विदुर सापकोटा विद्यालयको नजिकै अर्थात महादेवस्थान गा.वि.स. वडा नं. ७, नौविसेको हुनुहुन्थ्यो । पहिले शिक्षकअरे पछि जागिर छोडेर कम्यूनिष्ट राजनीतिमा होमिनु भएको सुन्दा प्रभावित नहुने कुरै भएन । त्यति मात्र रैनछ, डेडीथुम्काका तत्कालिन शिक्षकहरु भानुभक्त थपलिया, कुमार खकुरेल, कृष्णकुमार श्रेष्ठ र एकराजकुमार शाही लगायतका नेताहरुले पनि म पढढिरहेकै विद्यालयमा पढाउनु भएको र आन्दोलनको क्रममा जागिर छोड्नु भएको कुराले झनै प्रभावित भएको थिएँ । त्यतिबेला द्वन्द्वको चरम शुरुवाती चरण भएपनि विद्यार्थी संगठनहरुको गठन पुनर गठनको काम हुने गर्दथ्यो । मलाई अनेरास्ववियूका तत्कालिन नेताहरु फुलमान बल संघर्ष र हरिशरण दाहालले अनेरास्वयियूको डेडीथुम्का प्रारम्भिक कमिटीको अध्यक्ष बनाउन पहल गर्नुभयो । त्यस अघि नै म २०५१ तिर कक्षा ८ मा पढ्दै प्रारम्भिक कमिटीको सचिव बनेर काम गरिसकेको थिएँ । म प्रारम्भिक कमिटीको अध्यक्ष चुनिएँ ।
त्यसमा सबैभन्दा ठूलो प्रेरणा स्व. विदुर दाइको छ । यात्रा त्यतिमा रोकिएन । अखिलको राजनीति त्यतिकै बरालिएपनि पछि प्रजातान्त्रिक राष्टिङ« युवा संघ नेपाल महादेवस्थान गाउँ कमिटीको गठन भयो । त्यस दिन म कुन्तावेसी थिइन । दिनभरी उद्घाटन सत्र भएछ । बन्द सत्रमा आदरणी विदुर सापकोटाले होमलाई युवा संघको नेतृत्व दिनु पर्छ भन्दै पहल कदमी गरिरहनु भएको सन्दर्भ र मलाई सचिव बनाउनु भएको विषय मेरो मानशपटलमा अझै ताजा छ । पछि मलाई कमिटीको अध्यक्ष बनाउने कुरा र मप्रति दाजुको विश्वास जीवनभर ताजै रहनेछ ।
समय बित्दै गयो । दाजुको प्रेरणाले पार्टी राजनीतिमा जोडिंदै गएँ । संसदीय निर्वाचन भयो । म सानै भएपनि उहाँ निर्वाचन लड्दै गरेको सबै भूगोलमा पुगें । ब्यापक जनपरिचालन र मेहनतका बाबजुद अनैकोट घटनाको कारण थोरै मतले निर्वाचन जित्न सकिएन । इमान्दारिता, निरन्तरता, लगनशिलता र जनताको मायाँ अर्कै चिज रहेछे । जसको फलस्वरुप उहाँले संविधान सभाको निर्वाचनमा बिजय हासिल गर्नु भयो । बिजयको माला पहराउने सौभाग्यपनि प्राप्त भयोे ।
देशमा परिर्वतन भयो, माओवादी शसस्त्र द्वन्द्व गल्यो, संसदीय दलहरु राजाबाट आजीत भए र राजतन्त्र ढल्यो । त्यसपछि देशमा संविधान सभाको निर्वाचन हुन पुग्यो । एलेजस्तो लाग्छ विदुर दाइले नेतृत्व गर्नु भएको काभ्रे क्षेत्र नं. ४ को निर्वाचनमा म यति विश्वास पात्र थिए कोशीपारीका तत्कालिन ८ ओटै गा.वि.स.का सबै वडा र टोलहरुको निर्वाच कार्यक्रमहरुको उद्घोषण गर्ने अवसर प्राप्त गरें ।
धेरै पटक विदुर दाइसंग कोशिपारीको पार्टी संगठन निर्माण तथा परिचालनमा संगसंगै जाने अवसर प्राप्त भयो । हुन त मपनि जन्मको हिसाबले कोशीपारीको पनि पारी अर्थात चौंरीदेउरालीको ठीक पारी सुनापाति स्थित गुन्सीभदौरेमा जन्मेको मान्छे । कोशीपारी तर्दा विदुर सापकोटा र उहाँको पार्टी तथा संगठन निर्माण अभियानमा संलग्न नेतृत्वमाथी प्रकट भएको आगाध मायाँ कहिल्यै बिर्सन सकिंदैन । लाग्दथ्यो, विदुर सापकोटा कतै भगवाननै तहैनन् ! हुन त हामी कम्यूनिष्ट पार्टीका कार्यकर्ता आध्यत्मिकताभन्दा भौतिकवादमा वढि विश्वास गर्छौं । उहाँसंगको कार्यक्रमहरुमा उहाँ प्रति प्रकट भएको श्रद्धालाई केवल भौतिक रुपमा मात्र सम्झन सकिंदैन ।
सायद दाजुकै प्रेरणा, युवा संघ महादेवस्थानको राजनीतिले काभ्रेको सदस्य, उप–सचिव, सचिव, उपाध्यक्ष र अध्यक्ष हुँदै युवा संघ नेपाल केन्द्रिय कमिटीको सचिवालय सदस्य समेत भएर काम गर्ने अवसर प्राप्त भयो । विदुर सापकोटा, गोकुल प्रसाद बाँस्कोटा, कुमार खकुरेल, कृष्ण कुमार श्रेष्ठ, एकराजकुमार शाही लगायतका आदरणीय नेताहरुको कारण पार्टी जिल्ला कमिटी सदस्य सम्मको भूमिका निर्वाह गर्ने अवसर प्राप्त भयो । यासको सबैभन्दा ठूलो श्रेय श्रद्देय विदुर सापकोटालाई जान्छ ।
बन्धुत्व, आत्मियता र राजनीतिक जीवन अलिक फरक रैछ । समय अलिक लामै भएको रहेछ दाजुसंग सम्पर्क पातलो बन्न पुगेको । एलेपनि याद आउँछ त्यतिबेला मायाँ गरेर दाइले ‘ए होम के छ हाल खबर भनेकोे’ । अनैकोटकमो टुप्पोमा पुगेको, निर्वाचन नजितेको र जितेको सबै स्मरणहरु ताजै छन् ।
तत्कालिन पञ्चायती शासन व्यवस्थाको विरुद्ध २०४६ सालको प्रथम जनआन्दोलनताका महत्वपूर्ण भूमिका खेल्नु भएका आदरणीय नेताको देहावसानको सन्दर्भ आज पिडादायि बनिरहेको छ । विदुर सापकोटा, काभ्रे क्षेत्र नं. ४ बाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सभासद् हुनुहुन्थ्यो । डेढ दशक नेकपा एमाले काभ्रे जिल्लाको नेतृत्व गर्नुभएका उहाँले १३ वर्षको उमेरमै राजनीतिक जीवन शुरु गर्नुभएको थियो । अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीतिमा होमिनुभएका उहाँले अनेरास्ववियु हुँदै एमालेको विभिन्न संगठनहरुमा बसेर काम गर्नुभएको छ । पठन पाठन र अध्ययनको क्षेत्रमा राम्रो दख्खल राख्ने सापकोटा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सदस्य हुनुहुन्थ्यो ।
त्यतिबेलै काभ्रेको मदन भण्डारीको उपमाले चिनिनिने सापकोटाको निधनमा श्रद्धाञ्जली अर्पण गर्न आज पशुपति आर्यघाट पुगियो । श्रद्धाञ्जलीका पुष्पगुच्छा प्रदान गरियो । दिनभरी अँङमा घाम लागेन । स्व. दाजुका विभिन्न खालका बिम्ब र प्रतिबिम्बहरु मानशपटमा आइरहे । अब जहिले, जहाँ, जे र जति कुराहरु खेलेपनि विदुर दाइ फर्केर आउनुहुन्न । कुरा यत्ति हो, उहाँ र उहाँले काभ्रेको कम्यूनिष्ट आन्दोलनको माटोमा लगाउनु भएको गुन कहिल्यै विर्षन सकिने छैन । जिउँदो मानिसको रुपमा भए गरेका सामान्य भूलहरु भए ति सबै क्षमायोग्य हुनेछन् ! हार्दिक श्रद्धाञ्जली विदुर दाई, परिवार एवं आफन्तजनमा गहिरो समवेदना !!