बनेपा, जाडोमै अर्थात हिउँद सुक्खा हुँदा आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना भएका छन् । तीन जिल्ला सोलुखुम्बु, भोजपुर र काभ्रेमा डढेलो लागेको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका ३ को नाराणस्थान सामुदायिक वन र जनजागृती सामुदायिक वन तथा वडा नम्बर ५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो फैलिँदै गएको थियो । अहिले डढेलो हेलिकोप्टरको सहायताले पानी खनाएपछि नियन्त्रणमा आएको छ । विपद् प्राधिकरणको रेकर्ड अनुसार बाजुरा, सल्यान, दैलेख, पाल्पा, रुपन्देही, बाग्लुङ, काभ्रे, मकवानपुर, पर्सा, धनुषा, सिरहा, सुनसरी, सोलुखुम्बु, तेह्रथुम र मोरङमा आगलागीका घटना भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
डढेलो खासगरी गर्मी र सुख्खा समयमा बढी लाग्ने गर्दछ । मंसिरदेखि मध्य जेठ महिनासम्मको समयावधि सुख्खायामको रूपमा चिनिन्छ । डढेलो मंसिरदेखि प्रारम्भिक रूपमा सुरु हुन्छ र वैशाख महिनाको मध्यतिर चरम हुन्छ । साथै मनसुन सुरु भएपछि कम हुन्छ । ७४ प्रतिशत डढेलो मध्य फागुनदेखि मध्य वैशाखको बीचमा लाग्छ । यस्तै ५१ प्रतिशत डढेलो चैतदेखि मध्य वैशाखको बीचमा लाग्ने गरेको तथ्यांक छ ।
लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण आगलागीका घटना बढी हुने गरेको पाइएको छ । नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको अनुमान छ । तर आगलागी नियन्त्रणमा सरकारको कदम प्रभावकारी देखिएको छैन । यस वर्ष हिउँद सुक्खा हुने प्रिमनसुन सिजनमा गर्मी हुने पूर्वानुमान भएकाले यस वर्ष पनि डढेलो र आगलागीका घटना बढ्नसक्ने अनुमान छ ।
आगलागीका लागि ठूलो कारण चाहिन्न । सानो लापरवाही वा सानो भवितव्य नै ठूलो क्षतिको कारण बन्छ । एक झिल्को आगोले बहुमुल्य चिजबीज क्षणभरमै खरानी तुल्याइदिन्छ । आगलागी आगोको कारणले मात्र नभएर अन्य विभिन्न कारणले हुने गर्छ । बिजुलीको तार सर्ट हुनु, भान्साबाट उत्पन्न आगो, एक स्थानमा बालेको आगो अन्यत्र सल्किन पुग्नु, सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग, लामखुट्टे धपाउन भुस बाल्नु, सवारी साधनमा अचानक आगो लाग्नु, थे्रसरबाट गहुँ झार्ने क्रममा अचानक आगो लाग्नुलगायत विभिन्न कारणबाट हुने आगलागीका कारण ठूलो जनधनको क्षति हुने गरेको पाइन्छ ।
हाम्रो वरपरका वनजंगलमा हुने आगलागी पनि ठूलोक्षतिको कारण बन्न पुग्छन् । आगजनी फैलिएर हाम्रो घरतिरै आइपुग्छ । मानवीय त्रुटि तथा नयाँ घाँस पलाउने आशामा नियतवश भएका आगलागीले जिल्लाका धेरै ठाउँमा क्षति पु¥याएको छ विशेषतः घर वा वन हाम्रै साना असावधानीले आगलागी हुने गरेका थुप्रै उदाहरण छन् । गर्मी मात्रै हैन, पानी नपर्ने सुख्खा मौसममा पनि नेपालका पहाड तथा मधेसमा आगलागीका घटनाबाट धनजनको ठुलो क्षति हुने नियति जस्तै बनेको छ । हिउँदको समयमा गर्मीका लागि प्रयोग गरिने हिटर प्रयोग गर्दाको असावधानीले आगलागी भएका घटना पनि प्रशस्तै छन् । आगोको स्रोतको होशीयारीपूर्वक प्रयोग गर्ने र परिवार तथा गाउँका सबै सदस्यहरुमा जनचेतना जगाउन सकेमा यसको क्षतिबाट मानिस तथा सम्पत्ति जोगाउन सकिन्छ । बालबालिकाहरुलाई जथाभावी आगो खेलाउन नदिएमा, चुरोटको ठुटो जथाभावी नफालेमा, बनभोज पछि होशियारीपूर्वक आगो निभाएमा, घरमा खाना बनाउँदा खाना खाइसकेपछि आगो राम्रोसँग निभाएमा, बिजुली सट हुनबाट जोगाउनपूर्व तयारी गरेमा, वनजंगलमा आगलागी पछि घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाएमा र अन्य प्रज्वलनशिल पदार्थको प्रयोगमा होशियारी गरेमा घर, गाउँ बस्ती र शहरहरुमा हुने आगलागी रोकथाम गर्न सकिन्छ ।
घर वा कुनै भवनमा आगलागी भैहालेमा सबैभन्दा सुरक्षित स्थल भनेको घर वा भवन बाहिर निस्कनु नै हो । आगलागीको बेला तपाईं घर भित्र हुनुहुन्छ भने तपाईंको पहिलो प्राथमिकता घर बाहिर निस्कनु नै हो । ढोका बन्द छ र खोल्न सम्भव छैन र भ¥याङ्गप्रयोग गर्नु जोखिम रहेको अवस्थामा भ्याल वा वाल्कोनीमा पुग्न प्रयास गर्ने । भ्याल खोल्नुस । बालकोनी भए त्यहाँगई भ्याल बन्द गरिहाल्नुस् ताकि धुँवा घरभित्र जान नपाओस् ।
तपाईं पहिलो तल्लामा भए सिमेन्ट लगाएको ठाउँ इनार आदिलाई छलेर सुरक्षित ठाउँमा हामफाल्नुस् । घर भित्र बलियो डोरी भए तल झर्न यसको प्रयोग गर्न सकिन्छ । झ्याल फोर्नु पर्ने अवस्थामा फर्निचर वा अन्य काठहरु प्रयोग गर्नुस्, सकेसम्म हात प्रयोग नगर्नुस् । तल झर्ने कुनै उपाय नभए ढोका बन्दगर्नुस् भ्यालखोलीकुनै रंगीन कपडा हल्लाएर सहयोग माग्नुहोस । बालकोनी भए झ्याल र ढोकाबन्द गर्नुहोस् र नअताल्लिनुहोस् ।
लगाएको कपडामा आगो सल्किएरपनि धेरैको ज्यान जाने गरेको छ । तत्काल कपडामा लागेको ज्वाला निभाउन वा कमगर्न उपलब्धि गर्ने दुवै हात तत्काल ज्वालामुखमा पर्न नदिने । भुँईमा लडिवृडि खेली ज्वालानिभाउन प्रयत्नगर्ने, प्रभावित व्यक्तिको टाँसिएको कपडालाई फुत्काउने प्रयत्नगर्नु भन्दा तत्काल, अस्पताल लग्नु उत्तम हुन्छ । विपत्तिको समयमा परिस्थितिलाई राम्ररी विश्लेषण गरेर छिटो निर्णय लिनुपर्दछ । तर कुनै पनि अवस्थामा आत्तिनु हुँदैन । तसर्थ यी क्षेत्रका हरेक घरपरिवारले आगलागीको सामनागर्न पूर्वतयारी गर्नु बुद्धिमता हुन जान्छ ।
सम्भवभए घरमा अग्नी नियन्त्रण यन्त्र राख्ने सो नभएमा आगलागीबाट बच्न घर परिवार तथा छिमेकमा सल्लाह गर्ने, सुरक्षित स्थान तथा त्यस तर्फ जानको बाटो तय गर्ने, अकस्मात आगलागी भएमा के गर्ने भन्ने सम्बन्धमा प्रत्येक घर तथा गाउँको योजना तयार पारी त्यसको लागि अध्ययन गर्ने । घरमा आपतकालीन अवस्थामा प्रयोग गर्नु पर्ने दमकल, प्रहरी, छिमेकी, स्थानीय निकायका फोन नम्बरहरु घरको भित्ता वा मोवाइल नम्बरहरु राखिराख्ने ताकि विपद्को बेला तत्काल प्रयोग गर्न सकियोस । दमकल तथा प्रहरीलाई फोन गर्दा तपाईंको घर वा क्षेत्रको स्पष्ट ठेगाना दिनु पर्छ,जसबाट समयमै सेवा प्राप्तगर्न सकिन्छ । संगै आगलागी गराउनेको प्रहरीले कडा निगरानी थालेको छ । हामीपनि केहि सूचना पाए जानकारी गराउने गरौं ।