नाला, काभ्रे र भक्तपुरमा संचालित तिन पाङ्ग्रे सवारी साधन अटो ब्यवसायीहरुको पिकनिक तथा मैनाचरी यातायात सेवा प्रालिको भेला कार्यक्रम शुक्रबार नाला काशिभन्ज्याङमा भव्य रुपमा सम्पन्न भएको छ ।,
मैना चरी यातायात सेवा प्रालि र साइनो अटो मोबाइल प्रालिको संयुक्त आयोजनामा अटो चालकहरुको भेला तथा पिकनिक सम्पन्न भएको हो । भेलाको अध्यक्षता गर्दै मैना चरी यातायात सेवा प्रालिका अध्यक्ष यादब बहादुर कँुवरले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, सिन्धुली, रामेछाप, चरिकोट लगायतका जिल्लामा ३ पांग्रे अटो सञ्चालन गरी श्रमजीवि मजदुर र व्यवसायीहरुलाई प्रोत्साहन गर्दै आएको बताए ।
त्यसैगरी साइनो अटोमोबाइलका सञ्चालक प्रल्हाद दाहालले भेलाले श्रमजीवि मजदुर, अटो चालकहरुको एकतामा थप टेवा पु¥याउने विश्वास व्यक्त गरेका थिए । भेलामा मजदुरहरुलाई कर्जा प्रवाह गर्ने मनकामना साकोस, श्रमिक साकोस, मोडेल साकोस र नारी चेतना साकोसका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु यातायात व्यवस्था कार्यालय बनेपाका पवन बजगाईं लगायतका अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
भेलामा करिब ८० वटा अटोहरु प्रदर्शनीमा राखिएको थियो भने २ सयभन्दा बढी अटो व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिद सांगितिक प्रस्तुतीहरु समेत गरिएको थियो ।