बनेपा, बनेपा नगरपालिका अन्तरगत रहेका वडा नंं. ४, २, १२ र १४ मा नेपाल स्वास्थ्यका लागि पानी (नेवा सिन्धुली) ले खानेपानी जडान गर्ने सम्झौता पछि पहिलो चरणमा उपभोक्ता समिति, धारा स्वयंसेवक, सामुदायिक बालक्लबका पदाधिहरुलाई स्वास्थ्य र सरसफाई विषयमा तालिम दिएको छ ।
सबै वडामा स्वास्थ्य र सरसफाई विषयमा तालिम उपभोक्ता समितिलाई आयोजनाको दिगो पना सम्बन्धी तालिम, लैङ्गििक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा महिला अधिकार सम्बन्धी बिभिन्न चेतना मुलक कार्यक्रम गरिएको नेवाका वरिष्ठ स्वच्छता तथा सरसफाई सहज कर्ता नवराज सुबेदीले जानकारी दिनु भयो । तालिममा विषय गत सहजकर्ताले सहजीकरण गर्नुभएको थियो ।