ललितपुर, आज १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस–२०८१, पाटन दरबार क्षेत्र ललितपुरमा विशेष कार्यक्रम गरी मनाईदै छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोह समेत हुने छ ।
“नेपाली पोशाक हाम्रो गौरव, हाम्रो शान”भन्ने श्लोगनका साथ विगत ११ वर्ष देखि मनाइदै आएको राष्ट्रिय पोशाक दिवस यस पटक पनि मनाइदै गरेको हो । नेपालको ऐतिहासिक, सांस्कृतिक र पहिचानको प्रतीकका रूपमा राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डाको संरक्षण गर्नका लागि १२औं राष्ट्रिय पोशाक दिवस आयोजना गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिए । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अग्रज श्रष्टाहरु प्रा.डा. राजेन्द्र बिमल, प्रा.डा. वीणा पौड्याल, राष्ट्रिय गानका प्रणेता ब्याकुल माइला, विशिष्ट साहित्यकार मोहन दुवाल, अग्रज सञ्चारकर्मीहरु अखण्ड भण्डारी, नवराज बजगाई, गोपीकृष्ण ढुंगाना, त्रीभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलिप ढकाल, प्रशान्त माली, सर्जक÷संगितकार राजेन्द्र बजगाई, युवा अभियन्ता चक्र बहादुर चन्दलगायतलाई सम्मानित समेत गरिने छ ।

गायक तथा संगितकार रामहरी न्यौपाने तथा गायक सर्जक सुमित खड्काले राष्ट्रिय भावका गितहरु गाउने र २ टोलीले राष्ट्रिय भावका गितहरुमा नृत्य गर्ने कार्यक्रममा सल्लाहकार प्राडा.बिद्यानाथ कोइरालाले कार्यपत्र प्रस्तुत गर्ने, प्राडा.दयाराम श्रेष्ठ तथा मा.देवराज बिश्वकर्मा–दलित आयोग, डा. बिजय कुमार द –मधेसी आयोगका अध्यक्षको शुभकामना मन्तव्य रहनेछ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती, ललितकला प्रतिष्ठानका कुलपती, संगित तथा नाट्य प्रतिष्ठानका कुलपती, गितकार संघका अध्यक्ष, प्राध्यापक, इतिहासविद, सञ्चारकमीर्, राष्ट्रप्रेमी जनसमुदायलगायतको उपस्थिति रहनेछ ।
बिहान ११ बजे देखि अनौपचारिक र १ बजेबाट ३ बजेसम्म औपचारिक रुपमा सम्पन्न हुने कार्यक्रमको अध्यक्षता राजानन्द माण्डव्यले गर्ने छन ।