पनौती न पा वडा नं १२ भुमिडाडाँका बाढी पहिरो पिडित महिला तथा किशोरीका लागि डिग्निटी किट्स बितरण गरिएको छ ।
आईतबार यहाँ आयोतित कार्यक्रममा रेडक्रस काभ्रेका सदस्य राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र वडा अध्यक्ष जयराम के.सी.को अध्यक्षता रहेको थियो । कार्यक्रममा रेडक्रस खरीबोट शाखा सभापति कृृष्ण बहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी सोहि दिन पनौती वडा नं ६ मा पनि किट्स बितरण गरिएको थियो । रेडक्रसका पुर्व सभापति रघुनाथ हुमागाईंको प्रमुख आतिथ्यता, वडा अध्यक्ष भिम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस काभ्रेका सदस्य राम कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।