बनेपा, न्यू मोडल एकेडेमी बनेपा-१०, रेशम मार्गले दुई दिन गरि अभिभावक दिवस भब्यताका साथ मनाएको छ।

पहिलो दिन मङ्सिर २६ गते वरिष्ठ काभ्रेली लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा कक्षा प्ले-ग्रुपदेखि एक सम्मको अभिभावक दिवस सम्पन्न भएको थियो।
मङ्सिर २७ गते बनेपा-१० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा कक्षा २ देखि ९ सम्मको दोस्रो दिनको अभिभावक दिवस सम्पन्न भएको थियो। दुबै दिनको कार्यक्रमको सभापतित्व वि. व्य. सका अध्यक्ष सेवक श्रेष्ठले गर्नुभएको थियो । बिद्यालयको प्रगति विवरण प्रिन्सिपल ईश्वर के.सीले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन शिक्षकद्वय पवित्रा देवी ओझा तथा सिरिस्मा रायले गर्नु भएको थियो।