बनेपा, पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेपा–६, को १७ औ बार्षिक साधारण एवं छैटौ अधिबेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
बनेपा–६, का वडा अध्यक्ष सचितानन्द केसीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष मधुसुदन पन्तको अध्यक्षता भएको सभामा अध्यक्ष पन्तले संस्थाले बर्षभरी गरिरहेका कार्यहरुका बारेमा जानकारी गराउँदै चालु वर्षका कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । १ करोड ५८ लाख २७ हजार शेयर पुँजी, ७ करोड ३९ लाख ८३ हजार निक्षेप संकलन गरी ६ करोड ७८ लाख रुपैया ऋण लगानी गरेको संस्थाले आर्थिक वर्ष २०८०÷२०८१ मा १० करोड २७ लाख रुपैया बराबरको कारोवार गरेको छ ।
कार्यक्रममा जेहेन्दार विद्यार्थी सम्मान, बाल वचत प्रोत्साहन, उत्कृष्ट बचत तथा कर्जा कारोवारकर्ता शेयर सदस्यहरुको सम्मान, सदस्य सुत्केरी भेटघाट, मुटु, मृगौला, र क्यान्सर सम्वन्धी रोग भएका शेयर सदस्यहरुलाई राहत, जेष्ठ पुरुष तथा महिला सदस्य सम्मान, संस्था स्थापनाको अवसरमा स्थापना दिवस, अर्धबार्षिक तथा चौमासिक समिक्षा, भल्ट, काउन्टर, कर्मचारी र सदस्य विमा कार्यक्रम, शेयर सदस्य मृत्यु अन्तिम कर्म राहत कार्यक्रम, सहकारी सदस्य सक्षरता कार्यक्रम, संस्थामा आवद्ध कृषक शेयर सदस्यहरुका लागि रासायनिक मलको वितरण लगायतका कार्यहरु गरिरहेको अध्यक्ष पन्तले बताए ।
कार्यक्रममा अटल पाँचकुण्ड बचत तथा ऋण सहकारीका अध्यक्ष दिपकप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सल्लाहकार नवराज बजगाई, संस्थाका सल्लाहकारहरु चर्तुभुज तिमल्सिना, कृष्णप्रसाद दाहाल, कृष्णबुद्ध बजगाई, बाबुकृष्ण पन्त, उपाध्यक्ष आनन्द दाहाल, सचिव गोविन्द दाहाल, लेखा समिति संयोजक शिवप्रसाद अधिकारी लगायतले संस्थाले पु¥याएको योगदानको बारेमा धारणा राखेका थिए ।
अधिबेशनको बन्द सत्रले पुनः निर्विरोध मधुसुदन पन्तको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा आनन्द दाहाल, सचिवमा यादवप्रसाद सिटौला, कोषाध्यक्षमा नवराज तिमल्सिना, सह–सचिवमा बद्रि केसी, सह–कोषाध्यक्षमा ज्ञानी सापकोटा र सदस्यहरुमा माधवप्रसाद रिमाल, राजनकुमारी बैदार, रिता भुजेल, शिवप्रसाद अधिकारी, कृष्णहरी तिमल्सिना रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा हरिचन्द्र भण्डारी र सदस्यहरुमा राज्यश्वरी विष्ट र मनहरी तिमल्सिना रहेका छन् ।