नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले आगामी २०८१ कात्तिक २ र ३ गते सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिकाको सुख्ट, कैलालीमा गर्न लागेको चौथो राष्ट्रिय प्रतियोगिताको तयारी जारी रहेको छ ।
नेपाल केन्पो खुकुरी मार्शल आट््र्स संघका खेलप्रति सर्वसाधारणको रुची अभिवृद्धि गर्ने र यसको समुचित विकासमा जोड दिने र खेलको स्तर वृद्धि गर्न विभिन्न स्तर र तहका प्रतियोगिताहरु संचालन गर्ने क्रममाचौथो राष्ट्रिय प्रतियोगिता गर्न लागेको र जसको तयारी तिब्र रुपमा भैरहेको केन्द्रिय अध्यक्ष पूर्ण प्रसाद पाण्डेले जानकारी दिए ।
कात्तिक २ गते उद्घाटन र ३ गते गेम हुने छ । प्रतियोगिता २ सय भन्दा बढी खेलाडी सहभागी हुने छन । ७७ जिल्लाका ३६५ पालिकामा विस्तार भएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको १६५ वटा डोजो रहेका छन ।








