नेपाल राष्ट्र बैंकले दशैंको लागि हिजोदेखि सुकिला नोट वितरण गर्न थालेको छ । हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको हा ।

सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन् । दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरी सुकिला नोट वितरण गर्ने गरेको जनाएको छ । दशैँ–तिहारका लागि ५, १० २०, ५० र १०० दरका नयाँ नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सुकिला नोट सटहीको सुविधा दिन शुरु गरेको हो ।