बनेपा महोत्सब २०८१ पाचौं संस्करणको अवसरमा नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ काभ्रे शाखाले आयोजना गरेको क्योकुशिन सेइसिन ६० केजि तौल समुह बिबिसी फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार बनेपा महोत्सवको प्राङ्गणमा भएको कराते प्रतियोगिता नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ काभ्रे शाखाले आयोजना गरेको ६० केजी तौल समुहको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा बनेपा नगरपालिका वडा नं. ३ का सुजित गुरुङ (बनेपा डोजो) बाट प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी (आशापुरी डोजो) बाट बिशेष तामाड दोश्रो भए भने नेपाल आर्मीका खेलाडी केशर नेपाली तेस्रो भएको कराते प्रतियोगिता संयोजक राजेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा ११ खेलाडी सहभागी थिए ।