धुलिखेल, लामो समयदेखी जनताले धेरै नै सास्ती भोग्दै आएको धुलिखेल–खावाँ सडक अहिले ठेक्का लिएको कम्पनीले पुरा गर्न नसक्ने देखिएको छ । सडकको अवस्था अनुगमनमा हिजो आएको संसदको पूर्वाधार विकास समितिका सांसदले यो ठेकेदारले काम गर्दैन ठेक्का रद्ध गर्नुहोस् भन्ने निर्देशन सडक विभागलाई दिएका हुन ।
सडक अनुगमनमा आएका सांसदको टोलीमाथि काभ्रेका जनताले निक्कै आक्रोस पोखेपछि सांसदहरुले यो ठेकेदारले काम गर्न नसक्ने भन्दै ठेक्का तोडेर काम गर्न निर्देशन दिएका हुन । संसदको पूर्वाधार विकास समितिको अनुगमनपछि भएको छलफलमा पुगेका सांसदसँग यत्तिका बर्षसम्म हुन नसकेको काममा के हेरेको भन्दै जनताले आक्रोस पोखेका थिए ।
विगतमा काभ्रेका सांसद गोकुल बाँस्कोटाले निरन्तर सो सडक नबनेकोमा आवाज उठाउँदै आएका थिए भने जिसस प्रमुख दीपक गौतमले सडक नबनेको भन्दै अनसन नै बसेका थिए । समितिका सदस्य शंकर भण्डारीको नेतृत्वमा आएको टोलिले जनताको समस्या समाधान गरेर काम गर्ने बताउनुभयो । समुदायको आवाज अनुसार ठेकेदारको कारवाही गर्ने मागको सम्बोधन गर्ने उहाँले भन्नुभयो । सांसद माधव सापकोटाले गौरी पार्वती निर्माण सेवाले समयमै काम गर्न नसकेको बताए । हामीले भनेको कुरा किन नमानेको, संसदले भनेको कुरा नमान्ने अधिकार सडक विभागलाई रहेको छ । गौरी पार्वतीले कुनै पनि काम पार लगाउन सकेको छैन । जहाँ काम लिएको छ त्यहाँ काम गर्न सकेको छैन । सडक ठेक्का तोड्नुस । दायाँवायाँ कुरा नगर्नुस् । सडक विभागले ठेक्का रद्ध गर्नुहोस्m धरौटी जफत गर्नुहोस् ।
सांसल ठाकुर गैरले जनताको पिरमर्कामा हामी सधै साथमा छौ भन्दै समितिको बैठकपछि यो सडकको बारेमा सरकार र सडक विभागलाई निर्देशन दिने बताए । सरकारले म्याद थप्ने, ठेकेदारले काम नगर्ने काम हुँदैन । अब म्याद थपिदैन । सांसद सुशिला श्रेष्ठले जनताको समस्या समाधान गर्न अनुरोध गर्नुभयो । अहिले हिलो र हिउँदा लागेपछि धुलोको जिम्मेबारी कसले लिने हो त्यसको जवाफ स्थानीयले मागेपछि सांसदले विकल्प ठेक्का तोड्ने दिएको हो । सडक विभागले ठेक्का तोड्न निक्कै झन्झटिलो प्रकृया हुने भएको र लागत समेत बढ्ने भएकाले सहज नभएको उल्लेख गरेको छ । –नव क्षितिज साप्ताहिकबाट