बनेपा, महिला वडा मञ्च बनेपा–६, ले हरितालिका तिजको अवसरमा शनिबार बनेपा बुडोलमा तिज बिषेश कार्यक्रम गरेको छ ।
बिगतका बर्षहरु झै यस बर्षपनि परम्परा, धर्म, संस्कृति, भाईचारालाई निरन्तरता दिने उदेश्यले तिज बिशेष कार्यक्रम आयोजना गरेको महिला वडा मन्चकी अध्यक्ष मन्जु थापाले बताईन । अध्यक्ष मन्जु थापाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब शहरी बिकाश मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, युवा नेता भेषराज शाह, महिला नेतृ पासाङ डोल्मु, बनेपा नगरपालिका न्यायिक समिति सदस्य कल्पना परिवार, पुर्ब जनप्रतिनिधी रजनी कुमार बैदार, अग्रज अभिभावक शम्भु प्रसाद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
सयौको संख्यामा चेलीहरु उपस्थित कार्यक्रममा चर्चित कलाकारहरु राजेश ढकाल, सपना गुरुङ, मन्दिरा के सी, बिश्व राम कार्की, श्रवण रिमाल, साबित्री मगरलगायत कलाकारले बेजोड प्रस्तुती राखेका थिए ।