शनिबार मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा डेंगुका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा बोलेकै कारण कुडाई खाएका शिक्षासेवी, समाजसेवी एवं सञ्चारकर्मी होम चौंलागाईले आफु सदैव न्यायको पक्षमा रहेको बताएका छन । अन्याय स्थानीय वा अन्य कोही प्रति पनि हुन नहुने र यथार्यको आफु सदैव वकालत गर्ने भन्दै उनले आफु सदैव न्यायको पक्षमा रहेको बताएका हुन ।
केही समय अगाडि मण्डनदेउपुरकी एक महिलाको डेंगुका कारण निधन भएको थियो । त्यही विषयमा छलफल गर्न भन्दै वडामा आयोजित कार्यक्रममा डेंगुबाट मृत्यु भएकी महिलाका श्रीमान र ससुराले कुटपिट गरी घाईते रहेका चौलागाईंले आफु घटनाको सुरुदेखी नै पीडितले न्याय पाउनुपर्ने र निर्दोष फस्न नहुने मत राख्दै आएको र सो दिन पनि त्यही बोलेको विषयलाई बोल्दा गाउँको पक्षमा नलागेर एउटा मधेसीको पक्षमा लागेको भन्ने आरोप लागेको भन्दै उनले भनेका छन न्यायमा साम्प्रदायिकता हुनुहुँदैन र हुँदैन । कसैलाई जबर्जस्त फसाउन मिल्दैन । जिल्ला प्रहरी कार्यालयमा काल गतिले मेरेको स्वीकार गरेर प्रहरीले गरेको अनुरोधसमेत नमानी पोष्टमाटम नगर्ने, नगरपालिकालाई गरेको उजुरीमा ४ दिन उपचार गरेको मेडिकल (स्थानीय द्रुत प्रतिकार्य चिकित्सकीय समूहका सदस्य समेत रहेका) को उच्चारनै नगर्ने, नगरपालिकाको प्रतिवेदन आउँनै लाग्दा ४ घण्टापनि उपचार नगरेको उहि प्रकृतिको मेडिकलवाला (मण्डनदेउपुर आधारभूत अस्पतालका संयोजक) सङ्ग जसरीपनि रकम असुल्ने नियत सरासर गलत छ । फौजदारी प्रकृतिको गम्भीर केसमा शनिवार वडा कार्यालय बोलाएर स्वघोषित पिडित घोषणा गर्दै आफूहरू एक पक्षीय न्यायधिश बन्ने र अर्काे पक्षमा बोल्न खोजे धरपकड र कुटपिटमा समेत जाइलाग्ने कुरा निन्दनीय भएको बताएका छन । उनले जो जहाँको र जस्तो सुकै भएपनि आफु सत्य र न्यायको पक्षमा सदैव लागिरहने बताएका छन ।