म्युजिक ल्याब प्रा.लि.को आयोजनामा भएको गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । भाद्र १ गते थाईल्याण्डको राजधानी बैंङ्ककमा नेपालको तर्फबाट पहिलो पटक गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड आयोजना भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि एन.आर.एन.ए. थाईल्याण्डका अध्यक्ष भबेन्द्र बस्नेत हुनुहुन्थ्यो । कार्यक्रममा बिशिस्ट अतिथि आमा छोतिङ गाउँ पालिकाका अध्यक्ष बुर्चुङ तामाङका साथै एनआरएनएका सल्लाहकार पनि उपस्थिति हुनुहुन्थ्यो । पुरस्कार तथा सम्मान पाउनु हुने कलाकारहरुलाई प्रमाणपत्रका साथै ट्रफी बितरण गरिएको थियो । कार्यक्रममा विभिन्न नृत्य तथा नेपाली गीतहरु प्रस्तुत गरिएको थियो । नेपाली गित संगितको क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आईरहेको कम्पनी म्युजिक ल्याबले कला र गलाको सम्मान तथा अग्रजलाई सम्मान तथा अनुजलाई प्रोत्साहन स्वरुप गोल्डेन म्युजिक अवार्ड आयोजना गरेको कार्यक्रम संयोजक बिनोद ढकालले बताए । कार्यक्रम विशेष विशेष भएको भन्दै आयोजक संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले सहयोगी सबैलाई धन्यबाद दिनुभएको छ । संगै त्यो टिम थाईल्याण्ड सिंगापुर र मलेसियाको सांगीतिक यात्रा गरी फर्कने छ । –नव क्षितिज साप्ताहिकबाट