गत बिहिबारबाट सरोज/सुनिताको चित्कार शुरुवात भएको छ । तिरुपती पिक्चरको प्रस्तुतीमा बनेको छोटो चलचित्र चित्कार यहि गत साउन ३१ गते बिहिबार साँझ ८ बजे ओएसआर सिरिजबाट सार्वजनिक भएको हो । अब प्रत्येक बिहिबार नयाँ भाग आउने छ ।

तिरुपती पिक्चर निर्माता रहेको चलचित्रको लेखन र निर्देशन सरोज शर्मा र सुनिता भट्टराईले गरेका हुन । पारिवारिक कथामा आधारित चित्कार सन्देश मुलक सिरिज बनेको लेखक/निर्देशन सरोज/सुनिताले बताए ।
सह निर्माता सिद्धी बहादुर श्रेष्ठ रहेका छन भने छायांकन बिक्रम ढकालले र मेकअप अञ्जना माझीले गरेकी हुन । लाईट सन्तु गुरुङ, व्यवस्थापन यादव भट्टराईको, द्धन्द किरण दाहालको र सम्पादन बिक्रम शाक्यले गरेको चलचित्र चित्कारमा सरोज शर्मा, सुनिता भट्टराई, माधव सिग्देल, यादव भट्टराई, सिद्धी बहादुर श्रेष्ठ, चन्दा बिडारी, गुरु नवराज, सिरोज दाहाल, सुभम पोख्रेल, गोपाल नेपाल, अबना प्रनिता, बालकलाकार प्रिसा प्राजितालगायतको अभिनय रहेको छ । साथै तिरुपती पिक्चरको अर्काे प्रस्तुती रुजेको परेली भने भाद्र ७ गतेदेखि शेरधन सिरिजबाट प्रशारण हुने छ ।

 हेर्नुस भिडियोसहित