नगरकोट, नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रिय तेश्रो महाधिवेशन आगामी भाद्र १५ गते काठमाडौंमा हुने भएको छ । संघको शनिबार नगरकोटमा बसेको केन्द्रिय विस्तारित बैठकले उक्त निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डेले जानकारी दिए ।

संघका अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डेको अध्यक्षता र प्रमुख सल्लाहकार डा. चुडादेव सिं लामाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले अघिवेशनका लागि प्रत्येक जिल्लाबाट १/१ जना, प्रदेशबाट ५/५ जना र आजिवन सदस्य सबैजना प्रतिनिधि हुने निर्णय भएको प्रेस सल्लाहकार नवराज बजगाईले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न निर्मल त्रिपाठीको संयोजकत्वमा नवराज बजगाई र ऋतु बस्नेत सदस्य रहेको निर्वाचन समिति र यादव अधिकारी संयोजकत्वमा मानदेव हजारा र लक्ष्मी अधिकारी सदस्य रहेको आर्थिक समिति गठन गरीएको छ । साथै बैठकले आगामी कात्तिक २ र ३ गते सुदुरपश्चिमको धनगढीमा राष्ट्रिय गेम गर्ने समेत निर्णय गरिएको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ–नेपाल भित्र नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स खेलको विकास विस्तार गर्न र नेपाललाई खुकुरी मार्शल आर्ट्स खेलमा अन्तराष्ट्रिय स्तरमा सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न एवं नेपाल केन्पो खुकुरी मार्शल आट््र्स खेल र खेलाडीको हक, हित र खुकुरी मार्शल आर्ट्स खेलप्रति अभिरुचि राख्ने सबैलाई संगठित गर्न २०७४ सालमा स्थापना भएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ स्थापनादेखि निरन्तर सक्रिय रहेको अवगत नै छ ।
यसले नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका खेलप्रति सर्वसाधारणको रुची अभिवृद्धि गर्ने र यसको समुचित विकासमा जोड दिने गरेको छ । खेलको स्तर वृद्धि गर्न प्रशिक्षणहरु, विभिन्न स्तर र तहका प्रतियोगिताहरु संचालन गरी रहेको छ भने बिशेष गरी ३ वटा राष्ट्रिय प्रतियोगिता समेत सम्पन्न गरेको छ । ७७ जिल्लाका ३६५ पालिकामा विस्तार भएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको आजसम्म १६५ वटा डोजो रहेका छन । संघले खेलको विकास र विस्तारका सम्बन्धमा आवश्यकता अनुसार परिषद, ओलम्पिक कमिटी नेपाल सरकारलाई राय एवं सुझावहरु दिने, त्यस सम्बन्धमा आवश्यक समन्वय गर्ने समेत गरेको छ । साथै नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको खेलको माध्यमद्वारा राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव बढाउने कार्य भैरहेका छन र अझै हुनेछन ।
राष्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुदको नारालाई सार्थक बनाउन हाम्रा आगामी यात्राहरु अझै प्रतिवद्ध भएर लाग्ने नै छन । यसै सन्दर्भमा आगामी २०८१ भाद्र १५ गते नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केद्रिय महाधिवेशन काठमाडौमा हुने जानकारी गराउदै उक्त महाधिवेशन सफल पार्न सबैको साथ सहयोगको अपिल गर्दछु । –डा. पूर्ण प्रसाद पाण्डे, अध्यक्ष ।