लामो समयदेखि गीत संगित क्षेत्रमा लागेका गितकार नवराज भट्टराईले फेरी एक उत्कृस्ट गाउँले पाराको मन छुने गीतको रचना गर्न सफल भएका छन् ।
अर्जुन पोखरेलको संगीत, गायिका रचना रिमाल र गायक प्रबिन बेडुवालको स्वरमा दिपेन खड्का र एलिसा शंकरको अभिनयमा प्रबिन थापाको निर्देशनमा कथा समेटी फरक शैलीको गीत बजारमा आएको हो । गाउँले परिवेशमा मुखियाले गरिवीको फाईदा लिई यौन शोषणमा एउटा विदुवा महिलालाई योन शोषण गरेको मृत अवस्थामा पुर्याएको स्टोरी समावेश रहेको छ । अमृत चापागाईको सम्पादन सैलीले झन् आकर्षक भिडियो तयार बनेको छ ।
नवराज भट्टराईले केहि महिनाअघि पोखरमा उपमा सञ्चार प्रा.लि द्वारा आयोजित मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड २०८० को फाइनल बिजेता घोषणा तथा दशक कलाकार पत्रकार सम्मान कार्यक्रममा भट्टराईलाई उत्कृष्ट गितकार अवार्ड पनि हात पारेका थिए । धादिङ जिल्लामा जन्मिएर काठमाडौंलाई आफ्नो कर्म थलोको रुपमा मानेका नवराजले धेरै म्युजिक भिडियो मार्फत नव कलाकार लाई प्रवेश गराउनुका साथै दर्जन भन्दा धेरै म्युजिक भिडियोमा आफ्नो खरो अभिनय प्रस्तुत गरेका छन । प्रोडक्शन म्यानेजरका रुपमा काम गर्दा जनमानसले आफ्नो बारेमा जान्ने मौका नपाउने भए पनि आफु लाई सोहि स्थानमा रहेर काम गर्दा सारै आनन्द महसुस हुने उनले बताए । आफ्नो र सम्पूर्ण टिमको कडा मेहेनेतले तयार भएको श्रृजनालाई सबैले माया गरिदिनु हुन पनि गीतकार भट्टराईले अनुरोध गरेका छन् ।
हेर्नुस भिडियो








