चेली पर्व तिजको अवसरमा गायक यम कुमार मल्लको तिज गीत आईफोन–ज्ञट, अडियो प्लाटफर्म बजारमा आएको छ भने भिडियो चाडै आउने तयारीमा रहेको छ ।
गायक यम कुमार मल्लको आवाज, श्री थापामगरको संगीत, अच्युत शर्मा बन्जाराको शब्द र बाल कृष्ण सेवाचार्यको संगीत संयोजन रहेको नयाँ तिज गीत चाँडै बजारमा यमकुमार युट्युब च्यानलबाट सार्वजनिक हुनेछ । गायक यम कुमार मल्लको एकल आवाजमा तयार भएको यो गीत अरु तिज गीत भन्दा पृथक रहेको छ । अरुको देखासिखीमा आफ्नो परिवारको अवस्थाको विचार नै नगरी श्रीमानलाई महंगा गरगहना, कपडा लगाएतका सामग्रीको लागि जिद्दी गर्ने श्रीमतीलाई आफ्नो क्षमता अनुसारको तिज मनाउनु पर्छ भनी श्रीमानले गीत मार्फत सम्झाउन खोजिएको छ । राम खड्का र आकृती खत्रीको अभिनय रहेको गीतको भिडियो लाई फुर्साङ तामाङले निर्देशन गरेका छन ।