नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०८१ को अवसरमा अञ्जु अधिकारीको नाचमाया चट्टै मौलिक एल्बम बजारमा सार्वजनिक भएको छ । उक्त गित सार्वजनिक भएको केही दिनमै विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा गुञ्जिन थालेको छ ।
नेपाली गीत संगीतमा लामो समयदेखि चर्चा कमाउँदै आएकी चर्चित लोकदोहोरी गायिका सुमित्रा कोइरालाको शब्द तथा सिर्जना र आवाजमा रहेको यस गीतलाई विष्णु नेपालले एरेन्ज गरेका छन् । सुशील चालिसेको मौलिक कथावस्तुमा निर्देशित नाच माया चट्टैमा अञ्जु अधिकारीले धमाकेदार अभिनय गरेकी छन् । सुनिल पराजुलीको छायाकन र पद्म सुवेदीको सम्पादनमा बनेको म्युजिक भिडियोलाई अञ्जु अधिकारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
हेर्नुस् भिडियो >