डढेलो,
चारैतिर फैलिएको छ ।
वनजंगल सल्किदैछ
कि, सल्काईदैछ ?
हाम्रो पर्यावरण
जैविक विविधता
डढदैछ ÷ कि डढाइदैछ ?
वायुमण्डल प्रदुषित बनाएर
कसले छोट्याउँदैछ –
मान्छेको आयु !
जंगलमा आगो सल्काएर
कसले मार्दैछ, वन्यजन्तु !
चारैतिर,
मान्छेको आस्थामा
विवेकमा ।
मान्छेको निष्ठा र, आदर्शमा
डढेलोको प्रकोप बढेको छ ।
डढेलो आफै लागेको हो
अथवा, सल्काइदैछ ?
हाम्रो वातावरण
अक्सिजन
डढदैछ/अथवा, डढाइदैछ ?