विशेषगरी देउडा गायन मार्फत आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउन सफल देउडा गायिका निरुता खत्रीको हुड्केउली गीत ‘जुम्ला आउने दोबाटो’ केहि दिन अघि सार्वजनिक भएको छ ।
सार्वजनिक भएसँगै चर्चामा रहेको ‘जुम्ला आउने दोबाटो’मा शब्द स्वयं निरुता खत्री र दिल बहादुर बोगटीको रहेको छ । गीतमा सङ्गीत निरुता खत्री र तीर्थ परियारले गरेका छन् । निरुता खत्री र बिर्ख विश्वकर्माको स्वर रहेको गीतमा झरना बोहरा र बिर्ख विश्वकर्माको अभिनय देख्न सकिन्छ । निर्देशक भीम थापाको सम्पादनमा तयार भएको उक्त गीतको भिडिओलाई अमृत उपाध्यायले छायाङ्कन गरेका हुन् ।