पाँचौं ज्योति फिल्मस् म्युजिक अवार्डमा युवा पत्रकारिता सम्मान दिनेश भण्डारीलाई

काठमाडौं – पाचौं ज्योति फिल्मस म्युजिक अवार्डमा काभ्रे प्रेस डक कमका संवददाता दिनेश भण्डारी सम्मानित भएका छन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न पाँचौ ज्योति फिल्मस् म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान प्रदान गरिएको हो। काभ्रे प्रेसका संवाददाता भण्डारीले पत्रकारिता क्षेत्र बाट गीत संगीतमा पुर्याएको योगदानको मुल्यांकन गरि उक्त सम्मान प्रदान गरिएको हो।

विगत लामो समय देखि नेपाली गित संगित, कला र संस्कृतिको प्रवर्द्धनको लागि मोफसलमा रहि पत्रकारिताको माध्यम बाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै रोयल म्युजिक प्रालिको प्रस्तुतिमा पाचौं ज्योति फिल्मस म्युजिक अवार्डमा भण्डारीलाई पत्रकारिता सम्मान गरिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा र रोयल मुभिज प्रालीका सञ्चालक निरेन श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा काभ्रे प्रेसका भण्डारीलाई नगर प्रमुख लामाले पत्रकारिता सम्मान प्रदान गरेका थिए ।

काभ्रे प्रेसका संवददाता दिनेश भण्डारी विगत ३ वर्ष देखि काभ्रे प्रेस ड्ट कममा आवद्ध रहेका छन्