सहकारीलाई समुदायको सहकार्य भनिन्छ । समुदायमा सामूहिकरुपमा बसोबास गर्ने र एकापसमा पर्ने समस्यामा सहकार्य गर्नु नै सहकारी हो । जहाँ मानविय जीवनलाई आवश्यक पर्ने हरेक आवश्यक वस्तु वाविनिमयलाई निस्चित आधारमा ऐंचोपैंचो वा लेनदेन गर्दै तत्कालको समस्या सल्टाउनुलाई सहकार्य भनिन्छ ।
कोहि कसैसंग केहीलिए पछि त्यस वापतको निस्चित केही वस्तु वानगद भराउने काम हुन्छ । त्यसरी केहीशर्त सहितआपसमाकामचलाउने र काम सम्पन्न भैसकेपछि वातोकिएको अवधि पुरा भएपछि शर्त बमाजिम नै फिर्ता गर्ने कामलाई पनि सहकार्य भनिन्छ । सहकार्य गर्दा हाम्रा रितीथिति, संस्कृति र परम्परालाई पनिआधार मानेर गर्ने गरिन्छ । त्यस्तो काममा समुदायको सहभागिताहुने हँुदा निर्णय प्रकृया पनि सामुहिकहुने गर्दछ । जहाँ धेरै भन्दा धेरै आस्था र विश्वास पनि जोडिएको हुन्छ । समुदायले गर्ने निर्णय आफ्नै लागिहुने भएकोले सबैको हितमा केन्द्रीतहुने गर्दछ र हुनै पनि पर्दछ ।
हुनतआफ्नो आवश्यक्ता पुरा गर्न पहिले पहिले साहु महाजनबाट लिईएको वस्तु वाबिनिमयमाचर्काे व्याजवाथप वस्तु समेत बुझाउनु पथ्र्याे । यद्यपीअहिले पनित्यो अवस्थाकतै कतै कायमै छ । त्यस प्रकारको कारोबारले धेरै भन्दा धेरैको घरबास समेत उठेको देखिएको छ । सहकारीको सहकार्यले सहुलियत, छिटो र छरितो सेवाप्रवाह गर्न सक्ने भएकोले आम मान्छेको आकर्षण सहकारीको सहकार्यमाब्यापक रुपमा बढेको छ । यसलाई जोगाई राख्नकालागि सहकारीले पनि सदस्यको चाहनालाई जिवित राख्न र उर्जा भरीराख्नकालागि समय सापेक्ष निर्णय गर्दै कार्यान्वयनमा लैजानै पर्दछ
सहकारी समुदायमाचल्ने हुनाले त्यो समुदायको आवश्यक्ता, माग र समस्याको पहिचान गरी उचित निर्णय लिनु आवश्यक हुन्छ । निर्णय गर्दा वा लेख्दा संस्थाका सदस्यको अवस्था, सदस्यको आर्थिकोपार्जनको निम्ती गर्नै पर्ने काम र लगानीको श्रोतको पहुँच के कस्तो छ भनेर पहिचान गर्नु जरुरी हुन्छ । संस्थाको निर्णय एकातिर र सदस्यको चाहनाअर्काेतिर भयो भने संस्थाले सहि बाटो पहिल्याउन सक्दैन । कतिपय संस्थाले आफ्नो संस्थाको निर्णय सहि ढंगले गर्न नसक्दाथुप्रै समस्याआए पछि बन्दभएकापनि छन् । संस्थाले लगानी र असुलीको निर्णय समयमै सहि ढंगले गर्न नसक्दावानजान्दाअसफलभएर बन्द गर्नु परेको अवस्थामापुगेका छन् ।
सहकारीका सञ्चालकले बुझ्नै पर्ने उएटै कुरा के छ भने संस्थासंग भएको पूंजी र बजारमातत्कालकायम रहेको वित्तियअवस्थाको विश्लेषण । यससंगै सरकारले बेलाबेलामा जारी गरेको सहकारी कानून, ऐन, नियम र नीतिहरुलाई पनिअध्ययनगर्दै सापेक्षिकृत निर्णय गर्न सक्नु पर्दछ । सरकारले बेलाबेलामा जारी गरेको कानूनअनुसार मात्रै पनि सहकारीलाई चलाउने हो भने कुनै पनि सहकारी अफ्ठेरोमा पर्ने छैनन् । सक्षम संचालक र कुशलव्यबसथापनका कारण मात्र सहकारीले बोकेको लक्ष्यहासिल गर्न मद्दत पुग्दछ । सहकारीका संचालकमध्ये कसैले कार्यालयको काउन्टरै खाली गरेर लगानी गर्ने र कसैले डुब्छ भनेर लगानी नै नगर्ने पनि गरेको पाईन्छ । यि दुवै धारणा गलतहुन् ।
लगानीकालागिउचित क्षेत्र नहेरी लगानी गर्नु वाअनुचित ठाँउमा लगानी गर्नु पनि राम्रो होईन । लगानीको सुरक्षा, लगानीको सिमा र लगानी के मा?भन्ने कुराको निक्र्याेल नगरी लगानी गर्नु संस्थाकालागि घातक साबित हुन सक्दछ । लगानीगरिसकेपछि असुलीतर्फ विशेष चासो चै कमैले गर्ने गर्छन । सहकारी संचालक जसरी आफ्ना मान्छेहरुलाई लगानी गर्न उत्साहीत हुन्छन् र लगानीपनि गर्छन् । लगानीआफु खुशी गर्ने र असुलीमाकर्मचारीलाई मात्रप्रयोग गर्दा समयमै कर्जा उठ्न मुस्किल हुन्छ । त्यतिमात्र हैन ऋणीले पनिआफ्नो रवाफ देखाउनवातोकिएको समयमातिर्न नसके पछि संचालकलाई नै गुहार्छन् । कतिपय संचालकले पनि ऋणिकै कुरा सुनेर हुन्छ भनेर बचन दिन्छन् । कतिपयलगानी असुलीमा संचालकआफैंले दोहोरो भूमिका खेल्दा ऋणिको ऋण नतिर्ने तर्फ आत्मबल बढ्छ । संस्थाकानिम्ती यस्तो व्यबहार झन घातक हुन्छ । सहकारीमा संलग्न जोसुकैले पनि यस्तो कदापी गर्नु हुदैंन ।
त्यसो त लगानी गर्न डराएर पूंजीमात्रै जम्मा गरेर बैंकको ब्याजमात्रलिने सहकारी पनि छन् । ति सहकारीहरुले आफ्नो सहकारीको अवस्था, आफ्नै सदस्यहरुको आर्थिक अवस्था, बजारको वित्तियअवस्था, अर्थतन्त्रमा राष्ट्रिय राजनीतिको प्रभाववा हस्तक्षेप लगाएतकावित्तियविषयहरुलाई पनि सहकारीका संचालकले राम्रै संग बुझ्नु जरुरी हुन्छ । जनताको एकएक पैसालाई बटुलेर जम्मागर्दै ढुकुटीमा राख्नु नै ठूलो कामहोईन । त्यसरी बचत गरिएको रकमलाई उचितप्रयोग गरी सदस्यहरुको आर्थिकोपार्जनसंगै संस्थाको सम्पत्ति बढाउन सक्नु चै कुशल संचालकको काम र कर्तब्य हो । सहकारीमालगानी र असुलीमाजसले कौशलतापूर्वक निर्णय गर्न सक्षम हुन्छ, त्यही सहकारी त्यसका संचालकअब्बल साबित हुन्छ । र जनताको विश्वास जित्न सफलहुनेछ । यो संकटको बेलामाआएकाचुनौतीलाई जसले चिरेर अगाडि बढ्न सक्छ, उहि कालान्तरसम्म अब्बल साबित हुनेछ ।