नेपाल डेरी एसोसिएसन बागमती प्रदेश समितिको मुख्य आयोजनामा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य हेमराज ढकालको प्रमुख आतिथ्यता, एसोसिएसन बागमती प्रदेश टिका प्रसाद घिमिरेको अध्यक्षता एवं एसोसिएसन केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाको स्वागत मन्तव्य रहेको बनभोज कार्यक्रम घ्याम्पे डाँडामा शनिबार सम्पन्न भयो ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य नरेश श्रेष्ठ लगायत १५ वटा बस्तुगत संघका अध्यक्षहरु, नेपाल डेरी एसोसिएसन केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल लगायत केन्द्रिय समिति, प्रदेश समिति, विभिन्न जिल्ला समति, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, महासचिव राम आचार्य, एमनेष्टिका पुर्व अध्यक्ष सुर्य बहादुर अधिकारी, एन प्याब्सनका निवर्तमान अध्यक्ष रितुराज सापकोटा, केन्द्रिय कोषाध्यक्ष प्रताप वहादुर थापा एवं बागमती प्रदेशका डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हेमराज ढकाल लगायत उपस्थित सबै अतिथिले दुग्ध सम्बन्धि गाइएको पशुपति शर्माको गीतमा सामुहिक नृत्य एवं मोही सेवन गरि बनभोज शुरूवात गरिएको थियो । कार्यक्रममा बियुटिसिएन एसोसिएसनकी अध्यक्ष कमला श्रेष्ठले डेरी एसोसिएसनका हरेक गतिविधि आफूले नजिकबाट नियाल्ने गरेको र महिला सहभागीता अझ बढाउँदा एसोसिएसनको गतिविधिले अझ बढी महत्त्व राख्ने बताउनु भयो । केन्द्रिय संघका वरिष्ठ उपाध्यक्ष सापकोटाले सरकारले तत्काल दुधको मुल्य बढाउनु पर्ने र यदि नबढाएमा सबै सरोकारवाला मिलि राष्ट्रिय दुग्ध विकास बोर्ड अन्तरगत लागत अध्ययन समितिको १० रुपैयाँ सिफारिस गरे अनुसार फागुन १६ बाट मुल्य बढाएर जाने बताउनु भयो ।

प्रमुख अतिथि हेमराज ढकालले चैतमा आउँदै गरेको उद्योग वाणिज्य महासंघको चुनावमा नेपाल डेरी एसोसिएसनले उमेशलाल श्रेष्ठ टिमलाई सहयोग गर्न अनुरोध गर्नु भयो । महासंघमा कृयासिल संघ मध्येमा डेरी एसोसिएसन पनि एक मुख्य रहेको, हिजोका दिनमा पनि एसोसिएसनसँग नजिक रहेर काम गरेको र अब आगामी दिनमा पनि आफू नजिक रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । धन्यवाद दिने क्रममा एसोसिएसनका उपाध्यक्ष मनोज कुमार घिमिरेले बनभोज कार्यक्रमका उपस्थित सबैलाई धन्यवाद दिनु भयो र आगामी दिनमा पनि सबैको यस्तै किसिमको साथ सहयोग रहने अपेक्षा गर्नुभयो । कार्यक्रमको अन्त्यमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले नेपाल डेरी एसोसिएसनको बारेमा बताउदै यसपालि महासघको चुनावमा एसोसिएसनले उमेशलाल श्रेष्ठ प्यानललाई बस्तुगत र एसोसेट तर्फ रहेका सबै आफ्ना सदस्यलाई सहयोग गर्ने प्रतिबद्धता गरे । साथै चुनाव जितेपछि महासघलाई सबैको साझा घरको रुपमा महसुस हुने वातावरण बनाउन पनि अध्यक्ष दाहालले अनुरोध गरे । कार्यक्रमका अध्यक्ष टिका प्रसाद घिमिरेले फर्मल कार्यक्रम समापन भएको र सबैलाई बनभोजमा रमाउन आव्हान गर्नु भयो ।