नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको औषधि गुणस्तरहीन भएको पाइएको छ । जसका कारण औषधि व्यवस्था विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो ।

क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि प्रयोगशालाबाट विश्लेष्ण प्रतिवेदन अनुसार गुणस्तर नभएको पाइएको छ,’ विभागले जारी गरेको सुचनामा भनिएको छ,’ विभागको ९ मंसिर निर्णयले उक्त औषधिको विक्री वितरण दर्र्ता प्रमाणपत्र औषधि ऐन, २०३५ को दफा २० (४) बमोजिम रद्द गरिएको छ ।’एस्कर्विक एसिड (भिटामि सी) विशेषगरी क्यान्सर वा मिगौलाको रोगबाट समस्या भएका व्यक्तिलाई दिइने गरिन्छ । त्यसैगरी, शरीरमा भिटामिन सीको कमीले थकान, गिजा सुन्निने, जोर्नी दुख्ने र घाउ निको नहुने रोग) लाई रोक्न र उपचार गर्न पनि प्रयोग गरिने चिकित्सक बताउँछन् । –नव क्षितिज साप्ताहिकबाट