गीत संगीतको क्षेत्रमा लोक आधुनिक गीतहरु एक पछि अर्को गर्दै बजारमा आइरहेका छन् । यसै क्रममा चर्चित गायिका सरु गौतम अफिसियल युट्युब च्यानलबाट सरु गौतमको एकल प्रस्तुतिमा यो जुनिमा भर्खरै मात्र सार्वजनिक भएको छ ।
उक्त गीतले सञ्चार क्षेत्र र सामाजिक सञ्जालमा दिन प्रति दिन चर्चा बटुल्दै गरेको देखिन्छ । गायक सर्जक तथा चर्चित म्युजिक एरेन्जर बिश्व अधिकारीको एरेन्जमा कुमार कटुवालको मन छुने शब्द तथा भिम बि सि को संगीत मा भिम बि सि र सरु गौतमको सुमधुर आवाज रहेको उक्त गीत दर्शकहरुको मन मस्तिष्क मा बस्दै गएको देख्न सकिन्छ । केशब विश्वकर्माको छायांकन रहेको उक्त गीतको म्युजिकमा सुरेन्द्र सिंगले कथा निर्देशन गरेका हुन । भिम बि सि र सरु गौतमको धमाकेदार अभिनय रहेको म्युजिक भिडियोलाई दिन्सान सिङले सम्पादन गरेका हुन् ।
 हेर्नुस भिडियो