बनेपा, नेपाल डेरी एसोसिएसनको अध्यक्षमा प्रह्लाद दाहाल निर्विरोध चयन भएका छन् । शनिबार हेटौडामा सम्पन्न एसोसिएसनको २२औ साधारणसभा तथा ८ औ राष्ट्रिय महाधिबेशनले उनलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो ।
दाहाल यसअघि एशोसिएसनमा तीन कार्यकाल महासचिव, एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर काम गरेका थिए । हिमालयन डेरी एण्ड रिसर्च सेन्टर काभ्रेका सञ्चालक र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्यसमेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको पनि सदस्य हुन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एशोसिएसनको महत्व दर्शाउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित कार्य समितिलाई संस्थाका नि.अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्वअध्यक्ष सुमित केडिया, सल्लाहकार मेघराज भण्डारी, सुरेस श्रेष्ठ र हिरा के.सीले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
महाधिवेशनबाट सर्वसम्मत रुपमा प्रल्हाद दाहाल, अध्यक्ष राधाकृष्ण सापकोटा, नि. अध्यक्ष, राजन चिमौरिया वरिष्ठ उपाध्यक्ष, दिप प्रसाद धमला प्रथम उपाध्यक्ष, कर्ण बहादुर हमाल, द्वितीय उपाध्यक्ष, रेशम बहादुर खड्का तृतीय उपाध्यक्ष, मनोज कुमार घिमिरे, च.उपाध्यक्ष, हृमचन्द्र खनाल, महासचिव, विजय प्रसाद चौरसिया उप महासचिव, दयाराम भण्डारी, कोषाध्यक्ष, शिवहरी आचार्य सचिव, रामभक्त दाहाल सह कोषाध्यक्ष र शिव भुषाल सह सचिवमा चयन भएका हुन ।








