सोमबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।