नेपाल कम्युनिष्ट पार्टी एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष कार्यक्रममा बीच घोषणा पत्र सार्वजनकि गर्नु भएको हो ।

शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ । घोषणापत्रमा बाँकी कामका योजनासमेत छन् । एमालेले यसपाली ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पनि स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछन् ।

 

ओली सरकार अभूतपूर्व सफल

एमालेले स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल भएको दाबी गरेको छ ।

साढे तीन वर्षको अवधिमा ओली सरकारले संविधान र संद्धघीयताको सफल कार्यान्वयन गरेर विश्वमै नयाँ दृष्टान्त स्थापित गरेको, पृथकतावाद र हिंसाका चुनावी समाप्त पारेको, वाह्य सम्बन्ध सुदृढ बनाएको, लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ नक्सा प्रकाशित गर्नुका साथै त्यहाँ नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कूटनीतिक पहल गरेको एमालेले बताएको छ ।

दिर्घकालीन र रणनीथिक महत्वका पूवर्नधार निमार्ण थालेको, भूकम्प प्रभावित करिव ८ लाख परिवारलाई सुरक्षित आवासमा फर्काएको, नेपाललाई विकासशील मुलुकमा स्तारोन्नतीका लागि सिफारिस गरेको, वाह्य लगानीमा ठूलो बृछि भएको र विश्वव्यापी सूचकांकहरुमा उल्लेख्य सुधार भएको एमालेले घोषणापत्रमा उल्लेख छ ।

 

संघ, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएको एमालेले बताएको छ । पूर्वाधार विकासतर्फ ४ हजार ३६२ किलोमिटर कालोपत्र सडक बनेको, तुइना विस्थापित भएको अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइपलाइन बनेको, जनकपुर–जयनगर–कुर्ता रेलमार्ग निर्माण गरेको सञ्चालनमा आएको, भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण सपन्न भएको, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको एमालेले बताएको छ ।

प्रत्येक पालिकामा न्यूनमत १५ शैयाको आधारभूत अस्पतचाल निर्माण सुरु भएको, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्युनतम १०० दिनको रोजगारी वा वेरोजगार भत्ता सुरु भएको, तामाकोेशी जलविद्युत आयोजना सम्पन्न जस्ता कामलाई पनि एमालेले घोषणापत्रमा राखेको छ ।

एमालेले जितेका कतिपय पालिकामा बेटी बचाउ, बेटी बचाउ अभियान अन्तरगत कक्षा ८ भन्दा माथिका छात्रालाई साइकल वितरण गरकेो, सामुहिक कृषिलाई प्रोत्साहन गरेको, युवालाई सहुलियतमा ऋण र उद्यमशीmतथा तालिम दिएको, सयौं कानुनहरु बनेको चुनावी घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा एमालेले आसन्न निर्माणका लागि १७ प्रतिवद्धता पनि अघि सारेको छ ।

गुणस्तरीय शिक्षाको आधार स् प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार
निरोगी नेपाल, स्वास्थ नेपाली
स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी
आधुनिक उर्जा स् उज्यालो पालिका
उन्नत कृष्णि स् किसानको समृद्धि
सहज आवागमनको आधार स् दिगो यातायात पूर्वाधार
एकीकृत वस्ती, योजनावद्ध सहरी विकास स् विकसित पालिका, सुरक्षित आवास
औद्योगिकरण र आर्थिक वृद्धि स् स्वदेशमै रोजगारी सम्मान र समृद्धि
उद्यामशीलता र रोजगारी स् समृद्धिका लागि सहकारी
मौलिक कला र संस्कृति स् पर्यटनबाट समृद्धि
सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा
समानताको महिला यात्रा स् समाजवाद–उन्मुख राज्यको विशेषता
खुशी जेष्ठ नागरिक, सुखी बालबालिका स् अपाङ्गमैत्री सबै पालिका
जलवायु अनुकुलन र विपद् व्यवस्थापन स् विकास र वातावरणबीच सन्तुलन
समुन्नत लोकतन्त्रको आधार स् मेलमिलाप, न्याय र मानवअधिकार
संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय
संस्थागत सुदृढीकरण स् योजनावद्ध विकास

यस्तो छ एमालेको घोषणापत्र

https://drive.google.com/file/d/1Gi3fIDszRy5ezU7-iwv_dreUJCvlbO6f/view