पछिल्लो समय निकै व्यस्त र सबै दर्सकहरुले मन पराइदिनु भएको गायक प्रमोद खरेल आज भोलि स्टेज प्रोग्राम मा निकै व्यस्त देखिन्छन् । यसको बावजूद पनि उहाँले जोगि बनायौं बोलको गीतमा आफ्नो सुमधुर आवाज भरेका छन् ।
आधुनिक गीत गाएरै लाखौं दर्शकको मन मुटुमा बसेका गायक खरेलले यो माया पिरतीको गीतमा पनि आवाज भरेका हुन् । गीत माया पिरतीको प्रेमिहरुलाईको कथामा आधारित रहेर बनाएको छ भने शब्द संगीत पनि माया पिरति कै परिधिमा रहेर बनाईएको छ । जि बि सुनुवार को मन छुने शब्द तथा संगीत सृजनामा रहेको यो गीत म्युजिक एरेन्ज नरेन्द्र वियोगी ले गरेका छ भने भिडियो निर्देशन निशान बानियाँले गरेका छन् उक्त गीतको म्युजिक भिडियोमा अन्जु अधिकारी, रमेश थापा र राजाराम सिम्खडा को कथानक अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन नवराज उप्रेती र सम्पादन बिकास धमलाले गरेका छन् ।
हेर्नुस भिडियो








