मण्डनदेउपुर, मण्डनदेउपुर नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भएको मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अस्पतालको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले खोपमा कुनै अनियमितता नभएको नभएको भन्दै गठबन्धन सरकारले घोषणा गरे बमोजिम नै कोभिडको खोप लगाई रहेको बताए । मन्त्री खतिवडाले ज्येष्ठ नागरिक अस्पताल खोलिने बताउँदै ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल निर्माणका लागि मन्त्री परिषद्ले स्वीकृत दिइसकेको बताए ।
कार्यक्रम मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाको अध्यक्षतामा भएको थियो । उक्त अस्पताल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको पहलमा बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको साझेदारीमा करिब १० करोडको लगानीमा निर्माण भएको हो । अस्पतालमा ५ वटा वेड, ल्याब, एक्स रे, बर्थिङ केन्द्र, फार्मेसी लगायतका सुविधा रहने छ । –नव क्षितिज साप्ताहिकबाट








