राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । भर्खरै परीक्षाको तालिका सार्वजनिक भएको छ। बोर्डको निर्णय अनुसार १२ कक्षाको परीक्षा ९ दिनसम्म सञ्चालन गरिनेछ ।  बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् । विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने बाेर्डले जनाएकाे छ ।