बनेपा, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकता मात्र भएको बताउनु भएको छ ।

अनेरास्ववियु महिला विभागको आयोजना बनेपामा सञ्चालन भएको तीन दिने प्रशिक्षण कार्यक्रमको समापन गर्न आईतबार बनेपा आउनुभएका उहाँले सभामुख सभामुख भन्दा पनि प्रचण्डको कार्यकर्ताको रुपमा चलेको आरोप लगाउनुभएको हो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख र कारवाहिमा परेर पनि सांसद भएर बसेका व्यक्तिको विषयमा सत्ता गठबन्धनका प्रमुख प्रधानमन्त्रीको धारणा नआएकोले सर्वदलिय बैठकमा बस्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले एमसिसिको विषयमा सरकारले अहिलेसम्म आफ्नो कुनै धारणा प्रस्तुत नगरेको बताउँदै सरकारले एमसिसिको विषयलाई कसरी अगाडि बढाउँछ, त्यसको आधारमा एमालेको आधिकारिक धारणा र दृष्टिकोण आउने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रम र स्वेत पत्र जारी गर्दा एमसिसिको बारेमा कुनै विषय नउठाएकोले एमसिसिको विषयमा सरकारको धारणा आउनुपर्ने उहाँको भनाई थियो । –नव क्षितिज साप्ताहिकबाट