मन्त्रीलाई बाँस्कोटाको व्यंग्य-छुचुन्द्रोको टाउकोमा चमेलीको तेल


बनेपा, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले भुमिहिन, दलित र उत्पिडितको प्रतिनिधित्व गर्ने पार्टी एमाले भएको बताउनु भएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाज काभ्रेको अगुवा कार्यकर्ता भेलालाई बिहिबार सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
पहाड ४७ प्रतिशत र तराईमा ९५ प्रतिशत दलित गरिबीको रेखामुनी रहेको भन्दै उनिहरुको आर्थिकबृद्धीका लागि एमाले साथमा रहेको बाँस्कोटाले बताउनु भयो । प्रदेशमा हालै मन्त्री बनेका बसुन्धरा हुमागाई तर्फ लक्षित गर्दै बाँस्कोटाले भन्नुभयो–छुचुन्द्रोको टाउकोमा चमेलीको तेल । छुचुन्द्रो कोठामा पसेपछि चमेलीको तेल लगाईदिएर गन्ध नहराउने भन्दै कार्यक्रममा उहाँले जनताको मतको अपमान गर्नेहरु जहाँ गएनी जे बनेनी दुर्गन्धित नै हुने बताउनु भयो ।
भेलालाई पूर्व राज्य मन्त्री एवं केन्द्रीय रेशम लामा, केन्द्रीय सदस्य एवं सांसद नबिना लामा र रुक्मनी रानामगर, काभ्रे सचिब नारायण पाण्डे, बागमती प्रदेश सभा सदस्य एवं मुक्ति समाजका बागती प्रदेश इन्चार्ज मैना अच्छामी, मुक्ति समाजका बागमती प्रदेश संयोजक टेक घतानी, नेताहरु कुमाले मिजार, प्रकाश रोक्का, विष्णु मिजार, इन्द्रिरा मिजार, तेज परियार लगाएतले सम्बोधन गर्नुभएको थियो ।

भेलामा वडा र पालिका अधिवेशनका लागि नेताहरुलाई जिम्मेवारी तोक्दै मुक्ति समाजका जिल्ला अध्यक्ष खड्ग पुर्कोटिले सक्रिय भएर जिम्मेवारी पुरा गर्न आग्रह गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्