होटेल व्यवसायीले गरे बजेटको स्वागत


होटेल व्यवसायीले काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०७८र७९ को बजेटको स्वागत गरेका छन् । महानगरपालिकाको नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा व्यवसायीले स्वागत गरेका हुन् ।

कोभिड(१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा र्फकन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड(१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो राहत मिलेको होटेल संघ नेपाल ९हान०ले बताएको छ ।

काठमाडौं महानगरपालिकाले व्यवसायीको माग अनुसार चालु आवमा ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको छ । कोभिड(१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा र्फकन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वर्द्धनका लागि आव २०७८र७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्ति कर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिएको छ । यस किसिमको सहुलियत आगामी वर्षहरुका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा होटल संघ नेपाल काठमाडौं महानगरपालिकाप्रति विश्वस्त रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्