गायिका सुस्मिता स्याङ्तानको बाल्यकाल : तीन दिनपछी घर आउँदा कान टुइयाँ बजाइयो
लगभग १४-१५ बर्ष अघि तिरको कुरा हो । म ,दाइ,भाउजू,फुपु र काकाकि छोरी बनेपा ओर्लियौ । दाईको काम पर्यो भनेर फिल्म नहेरिकन घर फर्किन भने । दिदिले खाजा खादैनौ बरु फिल्म हेर्छु भन्नू भयो । मैले पनि यो भन्दा अगाडी हलमा फिल्म हेरेको थिइन । दिदि र म फिल्म हेर्यौ । पहिलोपटक पर्दामा फिल्म हेर्दा डर पनि लाग्यो । मैले जिवनमा पहिला पटक आवाज फिल्म हेरे । मान्छे पनि पर्दामा ठुलो देख्दा दिदीलाई डरले कतिपटक  चिच्याउदै अङगाले । फिल्म हेरिसकेपछी बनेपाबाट गाडीमा धुलिखेलमा ओर्लियौ । दिदिलाई मैले सोधे हामी कहाँ जान लागेको होर दिदी ? दिदिले पाँचखालतिर अर्कि दिदिको घर देखाउदै उ त्यहाँ कटहर पाइन्छ,दिदीको घर गएर फर्कियौ भनेर भन्नू भयो ।  मैले घर फर्किनु पर्छ भ्याए भने जाउ न भने । दिदी र सङ्गै हात समाउदै हिड्दै गयौ । पाँचखाल पुग्दा झमक्क साँझ परिसकेको थियो । पाँचखालको जङगलमा हिड्दै  गर्दा हाम्रो पछि पछि एक जना जोगि आइरहेका थिए । त्यसपछी हामी डरले जङगल पस्यौ  । हामी डरले चुपचाप बसिरहेका थियौ । हामीलाई दोहोरो चिन्ता थियो ,एक त साँझ झमक्क पर्न लागेको थियो अर्को तिर जोगिको डर । एकछिन पछि हामी बिस्तारै जङगलबाट मुल बाटोमा निस्क्यौ र जोगि छन कि भनेर अगाडी पछाडी हेर्यौ तर कतै देखेनौ । म डरले काप्दै दिदिको हात समाएर दौडिरहेको थिए ।  डरै डरमा एक जना मान्छेसँग भेट भयो । जोगि पछि बल्ल मान्छे भेट्यो भनेर  ढुक्क भएर दिदीले सोध्नु भयो –
दाई यो बाटो कता पुगिन्छ ?
उनले जवाफ नै नदिईकन हामीलाई लट्ठी उचालेर पिट्नै लाग्दा हामी भाग्यौ । पछि मात्रै थाहा पायौ उनले रक्सी पिएका रहेछन । हामी दौडिएर जाँदै गर्दा  एउटा सानो टहरा पसल देख्यौ । एक अधबैंसे महिलाको पसल रहेछ । हामी त्यही बस्यौ । उनले हामीलाई कहाँबाट आएकी नानीहरु भनेर सोधपुछ गरिरहेकी थिइन । हामी ढुक्कका साथ ती महिलासँग कुरा गरिरहेकै बेला जड्याहा आइपुग्यो । हामीलाई ठूलो स्वरले कराउन थाले । ती अधबैंसे महिलाले ती जड्याहालाई हाम्रो कुरा सुनाउँदै थिए । सबै कुरा सुनेपछी ती जड्याहाले हामीलाई गाडी चडाएर कुन्तामा ओर्लाउन भनेर गाडी सहचालकलाई भने ।
गाडिमा जाँदै गर्दा खलासीले पैसा उठाउँदै आए ।
 दिदिसँग १५ रुपैयाँ मात्रै रहेछ । भाडा २५-२५ रुपैयाँ रहेछ । चाहिने ५० रुपैयाँ तर दिदीसँग १५ रुपैयाँ भन्दा थिएन । मसँग नि सुको थिएन । तर दिदीले बनेपामा हुँदा चाहिदो पैसा छ भनेर भन्नू भएको थियो । सहचालकले पैसा उठाउदै आएपछी हामीसँग यति मात्रै छ भनेर भन्यौ । दिएको पैसाले गाडी चडिसक्यो भनेर हामीलाई गाडिबाट झार्यौ । गाडी भित्रका सबै यात्रुहरुले हामीलाई हेरिरहेका थिए । म लाजले भुतुक्क भए ।
गाडिमा बाहुन र तामाङ  दुई जना खलासी रहेछन । बाहुन खलासीले भाडा नपुगेको भन्दै गाडिबाट ओर्लाएका हामीलाई तामाङ खलासी दाईले तिमीहरु हराउँछन भनेर फेरि गाडिमा बस्न भने । हामी त्यही गाडिमा चढ्यौ । केहिबेरमा हामी कुन्ताबेसिमा ओर्लियौ । झमक्क साँझ परिसकेको थियो । ठूलो पानी परिरहेको थियो । पानिमा भिज्दै बल्ल तल्ल दिदीको घर पुग्यौ ।
दिदीले छक्क पर्दै सोध्नु भयो ,तिमीहरु आएछौ नि, कसरी आइपुग्यौ यति राती ।
हामी हासेर दिदीले सोध्नु भएको प्रश्नको जवाफलाई टार्यौ । त्यो दिन हामी खाना खाएर सुत्यौ । भोलिपल्ट हामीले भन्यौ आमा बिरामी हुनुहुन्छ त्यही भएर,तपाईलाई लिन आको र घरबाट पठाइदिएको हो भन्यौ । हामीले दिदीलाई आमा बिरामी हुनुहुन्छ भनेर झुट बोल्न बाध्य भयौ । बल्ल तल्ल दिदीको घर पुगेका हामीलाई फर्किन समस्या थ्यो । दिदीको साथ चाहिएकोले हामीले झुट बोल्यौ ।  ३ दिनको बसाईपछी हामी घर फर्कियौ । हामी धुलिखेल झर्यौ । हामी घर जान धुलिखेलबाट भकुण्डेको गाडी चड्यौ । दाई त्यहीँ गाडिको अन्तिम सिट्मा हुनुहुदो रहेछ । गाडिबाट ओर्लिदा खेरी मात्रै थाहा भयो । दाइ हामी सँगै आउनु भएको रहेछ ।
दाईले गालामा हान्नु भयो । के भैरहेको छ केही पनि थाहा भएन । घरमा दिदी,दाजु ,भाउजू सबै जना रिसाएर बम हुनु भएको रहेछ ।
दाइले तिमिहरु कहाँ गएर आएको भनेर सोधे । दिदिको घरमा गएर आको नि भने । घर नजिकै पुग्नै लागेको थियो । बुबा आमा मात्रै खुशी देखे । अरु सबैजना रिसाएर लठ्ठी लिएर बसिरहनु भएको रहेछ । एक पटक मैले नि खाएँ ।
। कानमा टुइया आवाज बज्यो । क कस्ले पिट्यो थाहा नै भएन ।घरमा मात्रै पुग्नु बाँकी भेट्लास भन्नू भो दाईले । ल्याएको कटहर आगनमा फालेर टाप कसे । दिदी र मसँगै । बुबा आमाले बल्ल बल्ल आएको बच्चाहरुलाई किन कुटेको भनेर भन्नू भो । सबै जना रिसाए । आमाले मलाई फकाई फुल्याई गरेर खाना खान बोलाउनु भयो । बारिको डिलबाट बिस्तारै ओर्लिए घरमा खना खान बसे   । आमाले भन्नू भो ,तिमिहरु कहाँ गएको? दिदिको घर गएर आएको , अनि दिदीनी सँगै आउनु भएको छ भनेर भने ।  रिसले चुर भएका दाजु बाहिर कराउँदै हुनुहुन्थ्यो ,म आज नमारी छाड्दिन भनेर । आमाले दुई जना कसैलाई थाहा नदिई बाहिर यसरी जानुहुन्न  भनेर सम्झाउनु भयो । धुरुन्धार हाम्रो खोजी भएछ । तीन दिन सम्म । रेडियोमा समेत मानिस हराएको सुचना दिन समेत भ्याउनु भएछ । म झसङ्ग भए । यतिसम्म कि घर परिवार सबै जना कहाँ गयो होला भन्ने तनावमा र सोचमग्न रहेछन । म चुप लागेर सुनिरहे । मनमा लाग्यो मैले गर्दा परिवारले यति धेरै दुख भयो । फूपू (आङी),दाजु भाउजुले गर्दा हामी हराएको हो भनेर बुबा आमाले भन्नू भएछ । कानुनी उपचार खोज्ने निर्णय समेत भएछ । घरमा यतिसम्म भयो होला भन्ने सोचेकै थिएन । केही समय त दाईले थाहा नदिई सुटुक्क भाग्छ भनेर कतै एक्लै जान दिनु भएन । मैले परिवारको महत्व बुझे ।
जीवनमा गल्तीहरु बाध्यताले गरिदो रहेछ । म आफैले अनुभव गरे । आफैलाई बुझे । गल्ती गर्नु राम्रो हो,गल्तीबाट पाठ सिक्नु झन राम्रो हो तर त्यही गल्तीलाई दोहोर्याउनु महा मुर्खता हो भने जस्तै ती गल्तिहरुलाई स्विकार्दै मैले ती गल्तिहरुलाई दोहोर्याइन ।
गायिका सुस्मिता स्याङ्तान पहिलो गीतबाट नै चर्चा बटुलेकी गायिका हुन । काभ्रेको नमोबुद्ध नगरपालिका वडा न १ मा जन्मिएकी स्याङतानले हालसम्म तामाङ सेलो,म्हेन्दोमाया र नेपाली आधुनिक गीत गरी  दर्जनौ  गीत गाइसकेकी छिन ।
यो उनको अविस्मरणीय क्षणलाई हामीले कुराकानीको क्रममा समेटिएका हौ । संवादमा आधारित यो उनको कथा सत्य घट्नामा आधारित छ । उनको यस अविस्मरणीय क्षणमा समेटिका पात्रहरुलाई होच्याउन या गलत अर्थ लगाउन खोजिएको हैन । यसबाट पाठकहरुले थप गायिका स्याङ्तान बारे बुझ्ने मौका मिल्नेछ ।