गीतकार बालक गुरुङको दुई गीत ‘मेरा रहरहरू’ र ‘चन्द्र र सूर्य’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा गीतकार गुरुङका दुई गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा गीतसँग सम्बन्धित कलाकारसँगै गीतलाई औपचारिक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले यी दुई गीतले आफ्नो ३० वर्षे गीतिलेखनको जवानीलाई सम्झाएको बताउनुभयो ।

गीतकार संघकै हलमा आयोजना गरिएको उक्त कार्यक्रममा गीतकार बालक गुरुङले कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणले मुलुकमा भीडभाड गर्ने अवस्था नभएका कारणले पत्रकारहरू मात्र बोलाएर सार्वजनिक गरिएको बताउनुभयो । गीति लेखनको निरन्तरतामा आफ्ना दुई गीतलाई फरक तरिकाले ल्याएको बताउनुभयो ।

‘मेरा रहरहरू’ मा धिरज राईको स्वर र सङ्गीत र गोपाल रसाइलीको सङ्गीत संयोजन छ । गीतको भिडियोमा धिरज लामा र कुसुम घोतानेको अभिनय छ ।

‘चन्द्र र सूर्य’ राष्ट्रिय भावको गीतमा गीतकार बालक गुरुङको नै सङ्गीत छ । यस गीतमा राजेशपायल राई र अस्मिता अधिकारीको स्वर छ । यस गीतको सङ्गीत संयोजन अशोक लोहारुङ राईको छ । यस गीतको भिडियोमा बालक गुरुङ, राजेशपायल राई, अस्मिता अधिकारी, शित्तल कादम्बिनी लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

यि दुबै गीतको भिडियोको निर्देशन रोजल थापाले गर्नुभएको हो भने वीरेन्द्र भट्टले छायाँकन गर्नुभएको छ । दुबै भिडियोका सम्पादन भने अनिल रानाले गर्नुभएको छ । दुबै गीतलाई पञ्चम म्युजिकमार्फत सार्वजनिक गरिएको छ ।