मकवानपुरको कैलाश गाउँपालिकामा बञ्‍चरो प्रहार गरी बाबुको हत्या गरिएको छ ।

कैलाश–३ कटुञ्जेमा छोराले बञ्‍चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको हो ।

सापकोटालाई ३० वर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बञ्‍चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले बञ्‍चरोसहित नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य सुरू गरेको छ ।