काभ्रे –  काभ्रे कोशीपारी स्थित चौरीदेउराली गाउँपालीका वडा नं ६ का ८ बर्षिय बालकको कुकुरको टोकाईबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ८ बर्षिय दिपेन्द्र पहरी रहेका छन । झण्डै ३ महिना अघि उनलाई एक घर पालुवा कुकुरले टोकेको थियो । कुकुरको टोकाई उपचारका लागि काठमाडौ स्थित टेकुमा लगिएको थियो तर टेकुमा उपचात नहुने भन्दै फिर्ता पठाइएको थियो । उक्त कुकुरकै कारण ४५ बर्षिय सुकराम तामाङले पनि ज्यान गुमाएका थिए ।

उनलाई पनि मृत्यु हुनु १० दिन अघि सोही कुकुरले टोकेको थियो उपचारको लागि काठमाडौ ल्याइएको थियो तर उनको पनि केही लागेन । स्थानिय बासिन्दाका अनुसार उक्त कुकुरमा रेबिज रोग लागेको अनुमान गरिएको छ भने स्थानिय निकायले कुनैपनि चासो देखाएको देखिदैन । यस बिषयमा स्थानिय निकारा तथा वडाकार्यलयको छिट्टै ध्यान जाओस। यो कलिला बालकले जस्तै अरुले पनि अकालमा ज्यान गुमाउन नपरोस।