रोशी गाउँपालिकामा जन्मिएका हिरा लोप्चन ६ बर्षको हुँदै बाबु बितेपछी सबै आफ्नो जिम्मेवार आफैले पुरा गर्नु पर्यो । वि. सं. २०७० सालमा एसएलसि पास गरि काठमाडौ पसे ।
काठमाडौ त्यो पनि नयाँ ठाउँ, नयाँ परिबेश । उनले धेरै संघर्ष गर्नु पर्यो । जसोतसो + 2 गरे । काठमाडौंमा रोजगार खोज्न धेरै भौतारिए । केही गर्न नसकेर बिदेश जाने निर्णय गरे । उनी वैदेशिक रोजगारको लागि मलेशिया लागे । बिदेश मै रहेपनी आफुलाई आफ्नो संस्कार,संस्कृति गीत संगीतको माध्यमबाट उजागर गर्नु पर्छ भन्ने लागिरह्न्थ्यो ।
अन्ततः उनको सपना पूरा भएको छ ।उनले आफ्नो संस्कृति जोगाउनु पर्छ,जगेर्ना गर्नुपर्छ भन्ने लागेर कोसेली स्वरुप पहिलो प्रस्तुति “ह्याङ्ला ब्रेल्साङ” गीत बजारमा ल्याएका छन ।
उनले गीत सबैले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतमा गायक एंव संगीतकार मिलन लो को शब्द, संगीतमा तयार पारीएको गीतमा गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन गरेका हुन ।
गीतमा गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार जोगलाल लामाको स्वर रहेको छ ।
सेलो सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका हुन । https://youtu.be/1qiaOHvouXw








