कोरोना र मनोरञ्जन
–दिनेश भण्डारी
विश्वमा कोरोना भाइरसका कारण सबै क्षेत्र ठप्प छ । कोरोना भाइरस नेपालमा अहिले अलि कम भएको छ । तर पनि अहिले सबै क्षेत्र खुल्ला भएको भने छैन । नेपाल सरकारले मनोरञ्जन सम्बन्धि सम्पृर्ण क्रियाकलाप लाई बन्द गराएको छ । यस्तो अवस्थामा पनि मानिसहरुले मनोरञ्जन लिन भने छोडेका छैन्न् । मानिसको जिवन लाई खुशि बनाउन मनोरञ्जन अतिआवस्यक कुरा हो । मानिसहरुलाई दुख भुलाउने एक माध्यम हो ।
त्यसैले नेपाल सरकारले जति सक्दो चाडो खुलाउनु पर्छ ।फिल्मी  क्षेत्र अहिले सम्म ठप्प नै छ सिनेमा हलहरु अहिले सम्म खुल्न पाएका छैन्न् । ति कति घाटामा छन कसैले पनि बुझ्न सकेको छैन । यसरी झ्mण्डै एक वर्ष हुन् लागि सक्यो हलहरुले अहिले सम्म फ्mिल्म चलाउन पाएका छैन्न । लामो समय सम्म चलाउन नपाउदा करोडौ घाटामा छन ति हल व्यावसायीहरु–उनिहरुको पिडा कसले बुझ्छ । सरकार के हेरेर बस्र्दै छ । मनोरञ्जन गित सँगित मानिसको पिडा दुख भुलाउने माध्यम हो ।फिल्मी  क्षेत्र ठप्प भएको अवस्थामा विस्तारै गित सँगित बजारमा देखिन थालेका छन ।
हिजो आज पार्कहरुमा पनि धेरै जस्तो गित सँगित नयाँ नयाँ म्युजिक भिडियोको सुट्रिङ देख्न पाइन्छ । यसरि नयाँ नयाँ गितहरु विस्तारै बजारमा देखिदाँ फिल्मी क्षेत्रलाई कसैले ध्यान दिएको छैन । ठुला ठुला मनोरञ्जन सम्बन्धि क्लबहरु पनि बन्द अवस्थामा छन् । सबै मानिसहरु लाई बाच्नु पर्छ बाच्नको लागि ब्यावसाय गर्नू पर्यो । व्यवसाय गर्न नेपाल सरकारले दिदैन । यसरी कहिले सम्म केहि नगरी बस्ने सरकार हामी पनि बाच्नु पर्यो । मानिसहरुको पिडा भुलाउनको लागि गित सँगित चाहिन्छ । गित सँगित मनोरञ्जन भएन भने मानिसहरु के मात्र हुदैन्न धेरै जस्तो मानिसहरु डिप्रेसनको शिकार हुने केहि काम गर्न मन नलाग्ने हुन्छ । अर्को तिर ति करोडौ हल व्यवसायी फिल्मी व्यावसायीको घाटा उनिहरुको परिवार अनि जिबन चलाउन गार्यो कसले बुझ्छ । यो सब ति मानिसहरुको पिडा जति सक्दो चाँडो नेपाल सरकारले यसलाई खुकुलो बनाउनु पर्छ ।