लोकगायिका प्रतिमा अर्याल र लोकगायक सानु केसीको काँठे लोक ब्याटल ‘ओइ मुया’ पछिल्लो समय चर्चाको शिखरमा पुगेको छ । उहाँहरुकै ओई गनगन गीतपछि ओई मुया पनि चर्चाको शिखरमा आएको हो । २ दिनमै युट्युबमार्फत ६५ हजारभन्दामाथिले यो गीत हेरिसकेका छन् । नागबेली मिडिया हाउस प्रा.लि.ले बजारमा ल्याएको ओई मुया गीतमा लोकगायिका प्रतिमा अर्याल, लोकगायकद्वय सानु के.सी. र रवि कार्कीको स्वर रहेको छ । गीतको लय भने दिनेश श्रेष्ठले तयार गरेका हुन ।

गीतको शब्द लोकगायिका प्रतिमा अर्यालले नै लेखेकी हुन् । गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने गीतको सम्पादन जनकराज अधिकारीले गरेका हुन् । उक्त गीतको भिडियो जेशिका इन्टरटेनमेन्टले तयार गरेको हो ।काँठे लोक ब्याटलमा एकदमै मिठो लयमा सिर्जना गरिएको यो गीत रहेको छ ।
भिडियो