काभ्रेपलान्चोक – नेपाल युवा युवतीको आकर्षणको केन्द्र बन्दै छ कलाकारिता ।कोहि सिकेर जानेर बुझेर कलाकार बन्ने सोच लिएर कलकारिता क्षेत्रमा आएका छ्न भने कोहि कसै कसैको लै लहिमा यस क्षेत्रमा आउने गरेको पाइन्छन् । कलाकारिता यस्तो एउटा क्षेत्र हो । जसमा आफ्नो समाजमा हुने हरकुराको चित्रण गर्न सकिन्छ र आफ्नो दुख सुख बिसाउने एउटा साझा चौतारि बनेको छ। यसरी बनेको चौतारीमा आफ्नो भविष्य खोज्नेहरु पनि धेरै छन्। तर सबै सफल हुन सक्दैन ।सफल बन्नको लागी त्यो व्यक्तिको मेहनतमा भर पर्छ। सफल बन्नेहरुकै भिडमा आफ्नो अथक प्रयास र मेहनतका साथ उदाएका कलाकार हुन रबिन्द्रनाथ खतिवडा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ३ नम्बर वडामा जन्म लिनु भएका खतिवडा पछिल्लो समय निरन्तरता गित संगीत क्षेत्रमा लागिरहनु भएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले कलाकार रविन्द्र नाथ खतिवडासँग गरेको विशेष कुराकानी ;
०आज भलि केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि म कलाकारिता क्षेत्र ब्यस्त छु । मेरो नयाँ म्युजिक भिडियो आउदै छ । मैले त्यो गितमा अभिनय गरेको छु अबको केही दिनमा सार्वजनिक हुदै छ
० लकडाउनमा कता हुनुहुन्थ्यो ?
लकडाउनको समयमा म काठमाडौं उपत्यकामा नै थिए ।आफ्नै दैनिकी घरायसी काम तिर नै व्यस्त थिएँ।
० गीत संगीत कस्तो खालको मन पर्छ र कस्तो होस जस्तो लाग्छ ?
मलाई सबै खालको गितहरु मन पर्छ। नेपालमा धेरै दुख र पिढा हुने भएकोले होला । नेपालीहरुले दुख पिढाका र मन छुने गितहरु मन पराउने हुँदा मलाई पनि दुख पोखेका गितहरु मन पर्छ ।
० कसको प्रेरणा बाट गीत संगीतमा लाग्नु भयो ?
पछिल्लो समयमा निकै चर्चामा रहनु भएको काठे क्षेत्रका धेरै अवार्डहरु हात पार्ने सफल गायक दाजु रामशरण आलेमगर र मिलन दाईको प्रेरणाबाट गीत-संगीतमा लागेको हु ।
० तपाईंले अभिनय गर्नु भएको चर्चाको गीत कुन हो ?
मैले अभियान गरेको सबैभन्दा चर्चाको गित `गैरि खेतको रोपाइ´ हो यो गितले निकै चर्चाकमाएको थियो । दर्शक श्रोताको मन मुटुमा बसेको गित हो ।
० तपाईंले अहिले सम्म कति वटा गितमा अभिनय गर्नु भयो ?
मैले अहिले सम्म लगभग सात आठ वटा जति गितमा अभिनय गरेको छु । अब केही नयाँ गितहरु आउने क्रममा छ । सायद अबको दुई चार दिनमा बजारमा आउने छ ।
० कलाकारिता क्षेत्रमा भविष्य देख्नु हुन्छ ?
कलकारिता क्षेत्रमा आफू सफल हुनको लागि निकै मेहनत र संघर्ष गर्नु पर्छ यसो गरेमा भविष्य देखिन्छ अनि सफल कलाकार हुन सकिन्छ ।
० चार्ड पर्वको नाममा नकारात्मक गीत बजारमा सार्वजनिक गर्ने कलाकारलाई के भन्नू हुन्छ ?
कुन समय र चार्डपर्वमा कुन गीत सुहाउँछ र कुन गीतले कुन समाजलाई राम्रो र स्तरीय बनाउँछ त्यो जान्न जरुरि छ। विकृति मुलक गीत गाउने कलाकारहरुलाई यस्तो हाम्रो समाजमा उपयुक्त हुँदैन भन्न चाहन्छु ।
० तपाईंको अभिनयमा दर्शक श्रोताले कुनै तिजका गित देख्न पाउछन् ?
मेरो अभिनयमा आज भन्दा दुई चार दिन अगाडि तिजको गित सार्वजनिक भएको छ । झम्के गलबन्दी बोलको तिज गित बजारमा छ सबैले हेरेर सुझाव सल्लाह दिन सक्नु हुन्छ ।
० यस्तो समय छ गित संगीत बजारमा ल्याउन कतिको समस्य भयो ?
कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको छ । सबै पेशा ब्यवसाय बन्द छ । गित बजारमा ल्याउन निकै समस्य परेको थियो । दर्शक श्रोता लाई मनोरञ्जन दिने उदेश्यले पनि महामारीको बेलामा गित बजारमा सार्वजनिक गर्न सफल भएका छौ ।
० भावि योजना के छ ?
गित संगीत क्षेत्र बाट नै अगाडि बढने योजना बनाएको छु एउटा सफल कलाकार बन्ने लक्ष्य छ । जसमा अहिले मैले निकै मेहनत र संघर्ष गर्दै आएको छु एक दिन सफल कलाकार बने उदेश्यले लागिरहेको छु ।
० अन्तमा ?
मेरा नयाँ नयाँ गित बजारमा आउने क्रम जारी छ तिजका गितहरु पनि आएका छन सबै दर्शक श्रोताहरुलाइ हेरेर प्रतिक्रिया दिन अनुरोध गर्छु । साथै धेरै माया गर्नु भएको छ अझै सफलतामा पुग्नको लागि हजुरहरुको माया चाहिन्छ सदैब मेरो गित संगीत लाई माया गर्दिनु होला । मेरा केही कुरा राख्ने मैका दिनु भएकोमा नव क्षितिज साप्ताहिक परिवार लाई धेरै धेरै धन्यवाद ।







