काभ्रेपलान्चोक – अकला देवी म्युजिक प्रा.लिको प्रस्तुतिमा शुसिला पोख्रेल चौलागाईंको `जुन तारालाई हेर्छु´ बोलको लोक दोहोरी गित आज बाट बजारमा सार्वजनिक भएको छ । माया प्रेममा आधारित गित निकै राम्रो र उत्कृष्ट बने गायिका शुसिला पोख्रेल चौलागाईंले राम्रो सन्देश लाई जानकारी दिनु भयो ।

गितमा आवाज शुसिला पोख्रेल चौलागाईं र हिमाल सापकोटाको रहेको छ भने लय शालिकराम भण्डारीको छ साथै गितमा शब्द यज्ञ सापकोटाको रहेको छ । महेश बिक्रम पाण्डेले ऐरेन्ज गर्नु भएको `जुन तारालाई हेर्छु´ बोलको गितमा प्रेम खड्का , कविता गौतम र अनिश लामिछानेको अभिनय देख्न सकिन्छ ।  https://m.youtube.com/watch?feature=youtu.be&v=g8IEBNn5p6M

गित लाई अमृत चापागाईंले सम्पादन गर्नु भएको छ भने टंक केसि ले गितको छायांकन गर्नुभएको छ । मदन खड्काले निर्देशन गर्नु भएको गित लाई जनता डिजिटल फिल्मस प्राली ले बजारमा ल्याएको छ ।