लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ ।                                         बिहिबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् । गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नु पर्ने सन्देश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिइरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रन्टलाइन वर्कर्सलाई यस गीतमार्फत धन्यवाद दिइएको छ।गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश बज्राचार्यको रहेको छ ।