काभ्रेपलान्चोक – विश्वमा फैलिएको कोरोना भाइरसको महामारीको कारण सबै ठाउँ लकडाउन अवस्थामा छ । यस्तो समय परिस्थितिमा पनि गित संगीत बजारमा आउने क्रम जारी छ । केही दिन अगाडि मात्र ‘हो नी रेशम’ गित पनि बजारमा सार्वजनिक भएको छ ।
गायक जयराम खड्का र गायीका पुर्णिमा लामाको नयाँ लोक दोहारी गीत ‘हो नी रेशम’ सार्वजनिक भएको छ ।

गीतका शब्द बिदुर आपागाँईले लेखेका हुन् भने लय र संगीत खड्काको नै रहेको छ । गोपाल थापाको निर्देशनमा बनेको उक्त भिडियोमा विपिन क्षेत्रीले छायांकन गरेका छ्न । उक्त भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् ।

भिडियोमा आयुष्मा कार्की र प्रदिप रोकाको अभिनय रहेको छ ।   https://www.youtube.com/watch?v=3R1atqU9ASs&feature=share