चर्चित गायक विक्रमजंग शाहले तयार गरेको नयाँ काठे भाकाकाे लाेक तथा दाेहाेरी गीत “खोला खोल्सी हे माँया पलायो निहुरो, पलायन मै माथि मन तिउरो”बाेेेेलमा उत्कृष्ट टिकटक भिडियो बनाउनेले आकर्षक पुरस्कार पाउने भएको छ ।
उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आकर्षक पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिने कलाकार शाहले जानकारी दिएका छन् । नेपाली लाेक दाेहाेरी गीतको प्रवर्द्धनका लागि आम स्राेताहरुलाई आकर्षित गराउन उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई सम्मान स्वरुप पुरस्कृत गर्न लागेकाे शाह बताउँछन् ।
बिक्रमजंग शाह र गायिका सिर्जु अधिकारीको स्वरमा रहेको काठे क्षेत्रको गीत “खोला खोल्सी हे माया पलायो निहुरो” यतिबेला टिक टक कर्मीको रोजाइमा परेको छ। गीतको टिकटक भिडियो धमाधम बनिरहेको छ ।
गीतको म्युजिक भिडियो निर्माणको क्रममा रहे पनि अडियो भने टिक टक चर्चाकाे शिखरमा रहेको छ। टिकटकमा गीत निकै चर्चा बटुल्न सफल भैसकेको छ । “हामीले नयाँ तर उत्कृष्ट टिकटक बनाउनेलाई यो गीतमा अभिनय गर्ने मौका दिनेछौं” शाह भन्छन् । भ्युज अनि अभिनयको आधारमा भिडियोमा अभिनय गर्ने अवसर समेत दिइनेे र पुरस्कृत समेत गरिनेछ ।
टिकटक बनाएर गायक बिक्रम जंग शाह र गायिका सिर्जु अधिकारी र अमृत खातीको म्यासेन्जरमा पठाउनु पर्ने छ। गायक शाहको शब्द सिर्जना रहेको गीतमा अमृत खातीकाे लय संगीत रहेको छ ।
खोला खोल्सी हे माँया पलायो निहुरो पलायन मै माथि मन तिउरो बाेेेेलकाेे गीतकाे टिकटक बनाउनकाे लााागि तलकाे लिंक रहेेेकोछ । https://youtu.be/YrK7EfOkG4I







