अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – अहिले टिकटकमा निकै भाइरल रहेको गित कि कटाइदेउ ओइ गनगन थानकोटको डाँडो, कि त किन्देउ मेटासिट एकभाँडो । आफू मुक्ति ओइ मनमन पाइहाल्यौं पिरबाट, मलाई पनि धकाल्देउ भीरबाटको भिडियो सार्वजनिक भएको छ ।
दिनेश श्रेष्ठ नाम नसुन्ने बिल्कुलै हुनुहुन्न होला पछिल्लो समयमा गित गाउन देखी लिएर अभिनय गर्न , भिडियो निर्देश गर्न निकै सिपालु श्रेष्ठले धेरै म्युजिक भिडियोहरु बजारमा सार्वजनिक गरेका छ्न ।
उनको अभिनयमा बाध्य भए पराइको हुन लाई बोलको गितले पनि निकै चर्चा कमायो । यसरी दिन प्रती दिन नयाँ नयाँ सोच बिचार लिएर अगाडि बढेका गायकले ओइ गनगनमा पनि आफ्नो प्रस्तुति देखाइसकेका छन ।
गायिका प्रतिमा अर्याल र गायक संगम थापाको आवाजमा ओइ गनगन गित बजारमा आएको छ । गीतमा शब्द सानु केसीको रहेको छ भने परिकल्पना दिनेश श्रेष्ठको रहेको छ ।
भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने गीतको भिडियो मिलन फिल्मस प्रा.लि बाट आएको हो भिडियोमा धेरै कलाकारको अभिनय देख्न सकिन्छ । https://m.youtube.com/watch?feature=share&v=qONMyqgxBD0







