काभ्रेपलान्चोक – एडभेन्चर स्टार गौतम खाती र नायिका प्रियंका कार्की अभिनितनयाँ गीतको सुटिङ सम्पन्न भएको छ ।
प्रताप दास र अनुको चौधरीको आवाजमा सजिएको युगल गीत (कोरेको छु तिम्रो तस्बिर)को म्युजिक भिडियो गत मंगलबार काठमाण्डौको बुढानिलकण्ठ आसपास क्षेत्रमा छायांकन गरिएको छ ।
म्युजिक भिडियोमा गौतम खाती र नायिका प्रियंका कार्कीको मनमोहक अभिनय हेर्न पाइनेछ । केहि दिनमै उक्त गीतको भिडियो ओ एस आर युट्युब च्यानलबाट सार्वजनिक हुने एडभेन्चर स्टार/ मोडल गौतम खातीले राम्रो सन्देश ड्ट कम लाई जानकारी दिए







